एनएमबि बैंकले आइएफसीबाट साढे २ करोड डलर पुनर्कर्जा पाउने

एनएमबि बैंकले आइएफसीबाट साढे २ करोड डलर पुनर्कर्जा पाउने


बैकिङ्ग समाचार । 
एनएमबि बैंकले विश्व बैंक सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बाट २ करोड ५० लाख अमेरिकी डलर पुनर्कर्जाका लागि समझदारीमा हस्ताक्षर गरेको छ । 

समझदारीमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र आइएफसीका एक्टिङ रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन् । यो समझदारीसँगै एनएमबि दुई वर्षको अवधिमा आइएफसीबाट लगातार दुईपटक कर्जा प्राप्त गर्ने नेपालको बैंक बनेको हो । 

अहिलेसम्म कुनै पनि बैंकले दुईपटक कर्जा नपाएको बैंकले जनाएको छ । यो वैदेशिक लगानी हालको अवस्थामा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी भएको बैंकको दाबी छ ।  

यस वित्तीय समझदारीले कोभिड–१९ का कारणले आइपरेका कठिनाइहरूको बीचमा साना तथा मझौला उद्यमी वर्गका लागि आवश्यक कर्जाको आपूर्ति गर्नुका साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्नेे बैंकको दाबी छ ।

२ करोड ५० लाख अमेरिकी डलरको यस कर्जाले प्राथमिकताका क्षेत्रहरू विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरूको सशक्तीकरणमा सघाउ पु¥याउन सदुपयोग गरिने बैंकले जनाएको छ ।