डिजिटल कारोबारीको संख्या बढ्यो 

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको तीन महिनामा विद्युतीय भुक्तानी मार्फत कारोबार गर्नेको संख्या उकालो लागेको छ । यस्तै, एटिएम, विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आईपीएस, मोबाइल बैंकिङ्ग, वालेट, प्रिपेड, क्यूआर कोड बाट कारोबार गर्नेको संख्या पनि उकालो लागेको हो । 

बैंकिङ्ग प्रणालीमा भित्रिएको नयाँ प्रविधीको साथै, बैंकिङ्ग साक्षरताले पनि देशको दुरदराजमा पनि हाल विद्युतीय कारोबार गर्नेको संख्या बढेको हो । 

\"\"

प्रिपेड कार्ड 
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार ४३ करोड ६० लाख रुपैंयाको कारोबार भएको छ । यस्तै गत आर्थिक बर्षको तीन महिनाको सोही अवधीमा १५ करोड ३० लाख रुपैंयाको कारोबार भएको थियो । 

मोवाइल बैंकिङ्ग
केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मोवाइल बैंकिङ्ग मार्फत चाँलु आर्थिक बर्षमा १ खर्ब ६२ अर्ब १३ करोड ७० लाख रुपैंया बराबरको कारोबार भएको थियो भने गत आर्थिक बर्षमा ८७ अर्ब ७३ करोड २० लाख रुपैंया बराबरको कारोबार मोवाइल बैंकिङ्ग मार्फत भएको थियो । 

एटिएम 
त्यस्तै, चालु आर्थिक बर्षको तीन महिनामा एटिएम मार्फत कारोबार गर्नेको सख्या ८८ अर्ब ८९ करोड ६० लाख रुपैंया बराबरको कारोबार भएको छ भने गत आर्थिक बर्षको सोही अवधीमा एटिएम मार्फत ७६ अर्ब ५३ करोड ७० लाख रुपैंया बराबरको कारोबार भएको थियो । 

वालेट
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको तीन महिनामा वालेट मार्फत १६ अर्ब ५६ करोड ८० लाख बराबरको कारोबार भएको थियो । जसमा गत आर्थिक बर्षको पहिलो तीन महिनामा १५ अर्ब १८ करोड ७० लाख रुपैंया वालेट बाट कारोबार भएको थियो । 

इन्टरनेट भुक्तानी 
इन्टरनेटको व्यापक प्रयोग भएपनि इन्टरनेट भुक्तानीमा भने कमी आएको छ । अन्य भुक्तानी प्रणाली मार्फत कारोबार गर्नेको संख्या उकालो लागेको भएपनि इन्टरनेट मार्फत कारोबार गर्नेको संख्यामा भने कमी आएको केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । सार्वजनिक तथ्यांक अनुसार इन्टरनेट बैंकिङ्ग कारोबारी गत आर्थिक बर्षको सोही अवधीमा १३ अर्ब ३४ करोड ४० लाख बराबरको कारोबार भएकोमा चालु आर्थिक बर्षको तीन महिनामा ११ अर्ब ९५ करोड ९० लाख रुपैंया बराबरको कारोबार इन्टरनेट बैंकिङ्ग मार्फत भएको छ ।