सिटिजन्स बैंकको ९५ औं शाखा मोरङ्गको सलकपुरमा

सिटिजन्स बैंकको ९५ औं शाखा मोरङ्गको सलकपुरमा


बैकिङ्ग समाचार । 
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार १५ गते बाट सलकपुर शाखा सञ्चालनमा ल्याएको छ।

कोभिड-१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजा पाठ गरी मोरङ्ग जिल्लाको सलकपुर शाखा सञ्चालनमा ल्याएको हो।

नेपाली जनता माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले उत्त शाखा विस्तार गरेको जनाएको छ।

यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ।

बैंकले शाखा मार्फत सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।