कोरोना कोषमा नेपाल जग्गा तथा आवास विकास संघको ३१ लाख सहयोग

कोरोना कोषमा नेपाल जग्गा तथा आवास विकास संघको ३१ लाख सहयोग


बैकिङ्ग समाचार । 
सरकारले खडा गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल जग्गा तथा आवास विकास संघले ३१ लाख रुपैयाँ सहयोग गरेको छ।

संघका अध्यक्ष मीनमान श्रेष्ठले नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थ मन्त्रालयकै कार्यकक्षमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

उक्त सहयोग रकम विभिन्न व्यक्ति, संघसंस्था एवं प्रतिष्ठानहरुबाट सहयोग रकम जम्मा गरिएको थियो।