मोबाइलको सिमकार्ड लिन आफै उपस्थित हुनुपर्ने

मोबाइलको सिमकार्ड लिन आफै उपस्थित हुनुपर्ने


बैकिङ्ग समाचार ।

मोबाइलको सिमकार्ड लिने प्रक्रियामा कडाइ गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्ड वितरण सम्बन्धि व्यवस्थामा कडाइ गर्न सेवाप्रदायकहरुलाई निर्देशन दिएको छ।

प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै मोबाइलको सिम वितरण गर्दा जसको प्रमाणपत्र हो सोही व्यक्ति अनिवार्य रुपमा उपस्थित हुनुपर्ने व्यवस्था कडाइपूर्वक कार्यान्वयन गर्न निर्देशन दिएको हो।

'मोवाइल सेवा प्रदायकहरुले आफैंले वा तोकिएको आधिकारिक विक्रेताहरु मर्फत सिमकार्ड विक्री वितरण गरिरहदाँ कसैगरी एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रुपमा अन्य व्यक्तिको मोवाइल नम्बरमा पहुँच पुग्न गई बैकिङ्ग सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरा समेत बढ्ने भएकोले अब उप्रान्त सिमकार्डको विक्री वितरण गर्दा तथा हराएको वा विग्रिएको अवस्थामा नयाँ सिमकार्ड उपलब्ध गराउँदा अनिवार्य रुपमा ग्राहक स्वयम् उपस्थिति हुनुपर्ने छ' प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ।