समस्याग्रस्त सहकारीहरुलाई कालो सूचीमा राख्ने सरकारको निर्णय 

समस्याग्रस्त सहकारीहरुलाई कालो सूचीमा राख्ने सरकारको निर्णय 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

सरकारले ११ वटा सहकारी संस्थाका ऋणीलाई समयमा नै ऋण नतिरे कालो सूचीमा राख्ने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ११ वटा समस्याग्रस्त सहकारी संस्थाका ऋणीहरूले समयमा नै ऋण चुक्ता नगरे कानून बमोजिम कालो सूचिमा राख्ने जनाएको छ ।

समितिका अनुसार समस्याग्रस्त रहेका स्ट्याण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ, लुः निभा बहुउद्देश्यीय सहकारी संस्था, प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ, कोहिनुर हिल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, कुबेर बचत तथा ऋण सहकारी संस्था, भेगास बचत तथा ऋण सहकारी संस्था, सोसाइटल बचत तथा ऋण सहकारी संस्था रहेका छन् । यी संस्थाबाट लिएको ऋण समयमा नै नतिरे कालो सूचीमा राख्ने भएको हो ।

‘नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट विभिन्न मितिमा समस्याग्रस्त घोषित सहकारी संस्थाहरुको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि सम्बन्धित सञ्चालक ÷ ऋणी ÷ व्यवस्थापक ÷ कर्मचारीहरुलाई निजहरुले तिर्नु बुझाउनु पर्ने ऋण र दायित्वको सावाँ ब्याज बुझाउनका लागि पटक–पटक सम्पर्क, पत्राचार र राष्ट्रियस्तरको पत्रपत्रिकामा समेत सूचना प्रकाशन गर्दा समेत हालसम्म पनि संस्थालाई तिर्न बुझाउन पर्ने ऋण र दायित्व बाँकी भएकोले १५ दिनको यो सूचना प्रकाशित गरिएको छ । यस समयावधि भित्र आफूले तिर्नुपर्ने ऋणको साँवा ब्याज यस समितिको कार्यालय अनामनगर, काठमाडौंमा बुझाउनु होला, अन्यथा कानून बमोजिम कारवाहीका साथै सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिम निजको राहदानी रोक्का राख्ने र नाम कालो सूचिमा समावेश गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’सूचनामा उल्लेख गरिएको छ ।