पाकिस्तान स्टक एक्सचेञ्जको भवनमा आक्रमणकारीको हमला, दुईको मृत्यु

पाकिस्तान स्टक एक्सचेञ्जको भवनमा आक्रमणकारीको हमला, दुईको मृत्यु


बैकिङ्ग समाचार ।
कराचीस्थित पाकिस्तान स्टक एक्सचेञ्जको भवनमा बन्दुकधारीहरूले आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको र केही अन्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

मूलढोकामा ग्रिनेड विस्फोट गराएर ती आक्रमणकारीहरू भवनमा प्रवेश गरेको बताइएको छ। समाचारहरूमा प्रहरीलाई उद्धृत गर्दै केही आक्रमणकारीहरू मारिएको र घटनास्थलमा कारबाही जारी रहेको बताइएको छ।

तर उक्त घटनामा कति आक्रमणकारी संलग्न थिए र उनीहरू को हुन् भन्ने स्पष्ट भइसकेको छैन।

पाकिस्तान स्टक एक्सचेन्जले एउटा वक्तव्यमा घटना टुङ्गिन बाँकी भएको जनाएका छन्। त्यसका निर्देशक अविद अलि हबिबले कार पार्किङबाट आक्रमणकारीहरू प्रवेश गरेको र उनीहरूले सबैमाथि गोली चलाएको बताएका छन्।

जियो टीभीले भवनको पछाडिको ढोकाबाट मानिसहरूलाई उद्धार गरिएको बताएको छ।