निजी क्षेत्रमा अख्तियार प्रवेश गर्दैन : प्रधानमन्त्री ओली

निजी क्षेत्रमा अख्तियार प्रवेश गर्दैन : प्रधानमन्त्री ओली


बैकिङ्ग समाचार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रमा अख्तियार प्रवेश नगर्ने दाबी गरेका छन् ।

नेपाल उद्योग परिसंघको १७ औं बार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने  ‘निजी क्षेत्रलाई अख्तियारले पनि हेर्ने कुरा अगाडि आयो । त्यसमा तपाईहरुको असहमतिलाई मैले हेरेको छु । त्यो अहिले आवश्यक छैन । त्यसैले सरकारले त्यसलाई अघि बढाउँदैन ।’

अहिले यो विषय अघि बढाउन आवश्यक नरहेको ओलीको धारणा छ । निजी क्षेत्रको लागि नियमनकारी निकाय धेरै रहेको भन्दै यसको लागि सरकारले पुनबिचार गरेको ओलीको धारणा छ ।

सरकारले निजी क्षेत्रलाई कुनै पनि हालतमा हतोत्साहित नगर्ने पनि उनले बताए । अहिलेको अवस्थामा सरकार र नीजि क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको उनको तर्क छ ।