एनआईसी एशिया लघुवित्तमा आवेदन गर्ने सबैले १० कित्ता पाउने

एनआईसी एशिया लघुवित्तमा आवेदन गर्ने सबैले १० कित्ता पाउने


बैकिङ्ग समाचार ।

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने लगानीकर्तामध्ये सबैले १० कित्ता सेयर पाउने भएका छन् । केही लगानीकर्ताले भने २० कित्ता पाउने सम्भावना हुन्छ ।

एनआइसी एसिया लघुवित्तको आइपीओमा ४ लाख १४ हजार १८० जनाले २ करोड २० लाख ६६ हजार ३९० कित्ताको लागि २ अर्ब ३० करोड ६६ लाख ३९ हजार रुपैयाँको आवेदन परेको हो ।

कम्पनीले ४७ करोड ५५ लाख रुपैयाँको ४७ लाख ५५ हजार कित्ता आइपीओ खुला गरेको थियो । जसमा ७४ हजार कित्ता कर्मचारी, २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको विक्री प्रबन्धन सानिमा क्यापिटलले जनाएको छ ।