कोरोनापछि बीमा कम्पनीः प्रिमियम संकलन ६९ अर्ब ८० करोड 

कोरोनापछि बीमा कम्पनीः प्रिमियम संकलन ६९ अर्ब ८० करोड 


बैकिङ्ग समाचार ।  

जेठ महिनामा जीवन बीमा कम्पनीहरुको प्रिमियम संकलन वैशाखकाे तुलनामा ७ अर्ब १ करोड रुपैयाँले बढेर ६९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्ष २०७६/७७ को १० महिनामा जीवन बीमा कम्पनीहरुले ६२ अर्ब ७९ करोड रुपैयाँ प्रिमियम संकलन गरेकोमा ११ महिना अर्थात् जेठमा ६९ अर्ब ८० करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

वैशाख महिनामा १ अर्ब ३५ करोड रुपैयाँ मात्रै संकलन जीवन गरेका बीमा कम्पनीहरुले जेठ महिनामा ४ अर्ब ७४ करोड रुपैयाँ प्रिमियम संकलन भएको बीमा समितिले जनाएको छ ।
सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले उक्त रकम संकलन गरेका हुन् ।

समितिका अनुसार जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २२ अर्ब ९८ करोड प्रथम बीमा शुल्क आर्जन गरेका छन् भने नविकरणमार्फत ४४ अर्ब ९८ करोड रुपैयाँ संकलन हुँदा वैदेशिक रोजगार बीमा शुल्क १ अर्ब ८४ करोड रुपैयाँ संकलन भएको छ । जेठ महिनामा यो अंक शुन्य रहेको छ ।

बीमा समितिका अनुसार जेठ मसान्तसम्ममा सबैभन्दा बढी नेपाल लाइफले २० अर्ब ८९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । जेठमा मात्रै १ अर्ब ७२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन छ । कर्पाेरेशनले १० अर्ब ७२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

तेस्रोमा सरकारी स्वामित्वमा राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानले जेठसम्ममा ६ अर्ब १६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

नेशनल लाइफले ६ अर्ब २३ करोड रुपैयाँ, मेट लाइफको ३ अर्ब ६० करोड, एशियन लाइफले ३ अर्ब ५१ करोड रुपैयाँ संकलन गरेको छ ।

यस्तै सुर्य लाइफले २ अर्ब ३७ करोड, गुँरास लाइफ १ अर्ब ४८ करोड प्राइम लाइफ २ अर्ब ५१ करोड, आईएमई लाइफ ९८ करोड, यूनियन लाइफ ३ अर्ब ६५ करोड, ज्योति १ अर्ब ३६ करोड, सन नेपाल लाइफ ९१ करोड, रिलायन्स १ अर्ब ४ करोड, रिलायबल नेपाल १ अर्ब ३७ करोड, सिटिजन १ अर्ब ३२ करोड, सानिमा लाइफ ६६ करोड, प्रभु लाइफ ५८ करोड र सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको बीमा समितिले जानकारी गराएको छ ।

कारोनाको असर बीमा क्षेत्रमा चैत र वैशाखमा देखिए पनि जेठमा भने केही सुधार देखिएको छ ।