एनआईसी एशिया लघुवित्तको आईपिओमा रेकर्ड ब्रेक,  ४ लाख बढिले गरे आवेदन 

एनआईसी एशिया लघुवित्तको आईपिओमा रेकर्ड ब्रेक,  ४ लाख बढिले गरे आवेदन 


बैकिङ्ग समाचार । 
एनआईसी एशिया लघुवित्तले असार १० गतेदेखि ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गर्दै छ। यो बजारमा आउँन लागेको लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ हो।

कम्पनीले आईपिओको माध्यमबाट संकलन गरेको सम्पूर्ण रकम कर्जा प्रवाह गर्ने जनाएको छ। कम्पनीले २२ करोड ३४ लाख पशुपालन तथा कृषि कर्जामा, १६ करोड ६४ लाख खुद्रा ब्यापार र सेवा कर्जामा र बाँकि ८ करोड ५५ लाख साना तथा घरेलु कर्जामा परिचालन हुने अनुमान गरेको छ । 

कम्पनीले निष्काशन गर्न लागेको आईपिओ मध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।  

बाँकि ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । कम्पनीको आईपिओमा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने छ  ।  छिटोमा असार १४ गतेसम्म र सो अवधिमा पुरै आवेदन नपरेको खण्डमा ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ  ।  

 कम्पनीले शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । लघुवित्तले चालु आर्थिक वर्ष २०७६.७७ को तेस्रो त्रैमाससम्म १९ करोड ४८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।