एनआईसी एशिया बैंक कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण

एनआईसी एशिया बैंक कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण


काठमाडौं – एनआईशी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण भएको छ । काठमाडौं महानगरपालिका– २८, कमलादीमा सञ्चालनमा रहेको बैंकको शाखा आइतबारदेखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको हो ।

नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ्ग कारोबार आजका मितिबाट नयाँ ठाउँबाट सञ्चालन हुने बेहोरा बैंकले ग्राहक तथा सम्बन्धित सबै सरोकारवालामा गराएको छ।