नेपाल एसबिआई बैंकले सार्वजनिक गर्योे नयाँ ब्याजदर

नेपाल एसबिआई बैंकले सार्वजनिक गर्योे नयाँ ब्याजदर


बैकिङ्ग समाचार । 
नेपाल एसबीआई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले मुद्दति निक्षेप तर्फ संस्थागत ७ प्रतिशत र व्यक्तिगत तर्फ ८.२५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । बैंकले दुवैतर्फको मुद्दति निक्षेको ब्याज घटाएको हो।

एसबीआई बैंकले बचत खातामा सबै भन्दा बढी ५ र सबैभन्दा कम एक प्रतिशत ब्याज दिने भएको छ । हाल बैंकको २२ प्रकारका बचत खाता सञ्चालनमा आएका छन् ।

बैंकले ब्यक्तिगत कल डिपोजिटमा २ प्रतिशत ब्याज उपलब्ध गराउने जनाएको छ।

हाल बैंकको आधार दर ९.८६ प्रतिशत रहेको छ । बैंकबाट लोन लिँदा १४.८६ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकबाट घर जग्गा कर्जा लिँदा १४.८६ प्रतिशत ब्याज लाग्ने छ । यस्तै शेयर धितोकर्जा, सर्ट टर्म, प्रोजेक्ट फाइनान्स लोन लिँदा ११.६१ प्रतिशतदेखि १४.८६ प्रतिशतसम्म प्रदान गर्ने जनाएको छ।