विकास बैंकर्स संघको उपाध्यक्षमा कामना सेवाका सीईओ थकाली

विकास बैंकर्स संघको उपाध्यक्षमा कामना सेवाका सीईओ थकाली


काठमाडौं – कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली विकास बैंकर्स संघ नेपालकाे उपाध्यक्षमा चयन भएका छन् ।

लामाे समयदेखि बैंकिङ्ग क्षेत्रमा आवद्ध रहेका सीईओ थकालीले यस क्षेत्रकाे विकास र सुदृढीकरणमा आफ्नो योगदान दिँदै आएका छन्।

उपाध्यक्ष पदमा निर्वाचित भएपछि थकालीले समग्र बैंकिङ्ग क्षेत्रकाे विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास कामना सेवा विकास बैंकले लिएकाे छ ।