काठमाडौं – नेपाल संसारको सबैभन्दा खुशी हुने देशको ९२ औँ स्थानमा रहेको देखाएको छ । विश्व खुशी प्रतिवेदन २०२५ अनुसार १ सय ४३ देशहरुमध्ये खुशीको सुचांकमा नेपालले ९२ औं स्थान प्राप्त गरेको हो । योसँगै नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा पर्न सफल भएको छ ।
यसैगरी विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको शीर्ष स्थानमा फिनल्याण्ड रहेको छ । यसैगरी दोस्रो स्थानमा डेनमार्क, तेस्रो स्थानमा आइसल्याण्ड, चौथौ स्थानमा स्वीडेन, पाँचौ स्थानमा नेदरल्याण्डस्, छैठौं स्थानमा कोस्टारिका, सातौ स्थामा नोर्वे, आठौं स्थानमा इजरायल, नवौं स्थानमा लग्जम्बर्ग र १०औ स्थानमा मेक्सिको रहेको रिपोर्टमा उल्लेख छ ।
यस्तै, छिमेकी मुलुक भारत भने ११८औँ स्थानमा रहेको छ । यसैगरी श्रीलंका १३३औँ स्थान, चीन ६८औँ स्थान, अमेरिका २४औँ स्थान र बंगलादेश १३४औँ स्थानमा रहेको छ ।
प्रतिक्रिया