काठमाडौं – बैंकिङ्ग प्रणालीमा एकै दिन ११ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन २५ गते आइतबार बैंक, वित्तीय संस्थासँग ६७ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २६ गते साेमबार घटेर ६७ खर्ब ४४ अर्ब रुपैयाँ कायम भएको छ ।
वाणिज्य बैंकहरूबाट ११ अर्ब रुपैयाँ निक्षेप घट्दा विकास बैंक र वित्त कम्पनीहरूमा भने १० अर्ब रुपैयाँले घटेको छ । बैंक, वित्तीय संस्थाको कर्जा पनि ५४ खर्ब ६२ अर्ब रुपैयाँबाट बढेर ५४ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकको कर्जा ४८ खर्ब ४९ अर्ब रुपैयाँबाट बढेर ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ ।
सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ७२ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।
प्रतिक्रिया