बैंकहरुको खर्च कटौती रणनीति : शाखा घटाउने, लघुवित्तलाई एजेन्ट बनाउने

बैंकहरुको खर्च कटौती रणनीति : शाखा घटाउने, लघुवित्तलाई एजेन्ट बनाउने


बैकिङ्ग समाचार ।
बैंकर्सले बैंकवित्तलाई आबश्यक नरहेका ठाउँमा शाखा बन्द गर्न पाउनुपर्ने र कतिपय त्यस्ता ठाउँमा लघुवित्त कम्पनीलाई एजेन्ट नियुक्ति गर्न पाउनुपर्ने माग अघि सारेका छन् । यसो गर्दा खर्च कटौती पनि हुने र सेवाग्राहिले सेवा पनि पाउने बैकरहरुको बुझाई छ । कोरोना प्रभावले खर्च कटौतीको बाटो रोजेका बैंकहरुले शाखा बन्द गर्न सहजीकरणको माग गरेका हुन् ।

बैंकर्स संघले मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई दिएको सुझावमा सो कुरा उल्लेख छ । संघले शाखा संख्या बढी भएका स्थानमा शाखा बन्द गर्नका लागि सरल प्रकृया माग गरेको छ । त्यसैगरी लघुवित्त संस्थालाई बैंकले एजेन्ट नियुक्ति गर्न पाए कर्जा लगानी र असुलीका काममा सहयोग हुने संघको भनाई छ ।

बैंकसर्स संघले व्याजदरको अन्तर (स्प्रेड दर) को सिमा राष्ट्र बैंकले तोक्न नहुने र व्याज सम्बन्धि अधिकार खुल्ला प्रतिशप्रधाका आधारमा बैंकलाई नै निर्णय गर्न दिनुपर्ने माग गरेको छ ।

संघले अनलाइन खाता संचालन तथा अनलाइन केवासी भिडियो मार्फत अपडेट गर्न मिल्ने व्यबस्थाको पनि माग गरेको छ । क्यू आर कोड मार्फत् भुक्तानी गर्न प्रोत्साहित गर्न, प्रविधिको पूर्वाधार एवं व्यवस्थापनलाई जोड दिन अन्तर्राष्ट्रिय सेवा प्रदायक भिसा, मास्टर कार्ड, युनियन पेहरुले लिने शुल्क कम गर्नका निमित्त नेपाल राष्ट्र बैंकबाट आवश्यक पहल गर्नुपर्नेमा जोड दिएको छ ।