बैंक अफ काठमाण्डूको ग्राहकलाइ बीमा दाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डूको ग्राहकलाइ बीमा दाबी रकम भुक्तानी


बैकिङ्ग समाचार ।
बैंक अफ काठमाण्डू लिमिटेड बिओके सुपर तलब खातामा सात लाख दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताको बीमा सुबिधा उपलब्ध गराउँदै आईरहेको छ।

यस खातामा रहेका सुबिधाहरुको प्रयोगवापत लाभ लिन नेपाल ईकरात ईन्जिनियरिङ्गले कर्मचारीहरुको तलब खाता बैंक अफ काठमाण्डूको हेटौंडा शाखामा विगत केही समयदेखि संचालन गर्दै आईरहेको छ।

साथै, बैंकको उक्त तलब खातामा रहेको बीमा सुबिधा एनएलजी इन्स्योरेन्स कम्पनीसंगको सहकार्यमा उपलब्ध गराउँदै आएको थियो।

सोही ईन्जिनियरिङ्ग कम्पनीमा कार्यरत कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएको थियो।

निधनपछि स्व.सुनारका पिता ठूलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलले उक्त बीमा दाबी रकम सात लाखको प्रदान गरे।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ।