काठमाडौं – सामान्यता आफ्ना अघिल्ला पुस्ताले गरेको कामलाई नै भावी पुस्ताले अँगाल्ने प्रचलन हुन्छ । अपवाद बाहेक राजनीतिदेखि पेसा र व्यवसाय लगायतका प्रायः जसो क्षेत्रमा प्रवृत्ति हाबी भएको पाइनछ । तर, यी प्रवृत्ति सबैतिर लागू हुँदैनन् भन्ने भाष्य निर्माण गर्न सफल भएकी छिन्, एमबि बैंककी प्रमुख बजार प्रबन्धक प्रनिसा श्रेष्ठ । जसले आफ्ना अग्रज पुस्ताहरूले अँगालेको पेसाभन्दा फरक पेसा चुनिन् ।
संयुक्त परिवारमा हुर्केकी प्रनिषाको परिवारमा बुबा, आमा, दाइ, बहिनी गरी ५ जना थिए । प्राथमिक तहदेखि नै प्राइभेट स्कुलबाट पढेकी प्रनिसाले विद्यालय टम गर्थिन् । प्रनिसाले सेन्ट जेभियर्सबाट स्नातक तह र स्नातकोत्तर तह केयुबाट गरिन् । उनको परिवारका सबै जना व्यवसायमा आबद्ध थिए । प्रनिसाले पनि अध्ययन पुरा गर्ने क्रममा घरपरिवारको व्यवसायमा सघाएकी थिइन् । घरायसी व्यवसायमा सघाएपनि प्रनिषाले कहिल्यै आँफै व्यवसाय गर्नेबारे भने सोचिनन् ।
उनकी आमा भने शिक्षिका हुन् । उनी परिवारका सबै जना बिजनेसमा नै देखेर पनि बिजनेस वुमन बन्छु भन्ने कहिल्यै अनुभव नभएको बताउँछिन् । उनले आफ्नो माइजू आफ्नो खुट्टामा उभिएको देखेर बैंकको जागिरले पनि जीवन जिउन सकिने रहेछ भन्ने कुरा बुझेको थिइन् । ‘त्यो समयमा जहाँ पनि महिला कम नै देखिन्थे काम गर्न जाने मैले माइजू मात्रै देखेको थिए अनि म पनि जान सक्छु भन्ने लागेको थियो’ उनी सम्झिन्छिन् ।
उनको जिन्दगीको पहिलो जागिरको सुरुवात पनि बैंकबाट नै भएको हो । उनी सुरुमा बैंक प्रवेश गर्दा २ वर्ष मात्रै काम गरेर पुन आफ्नो बिजनेस गर्छु भन्नेमा थिइन् । तर, उनलाई बिजनेसमा फर्किन मन लागेन । उनी स्ट्याण्डर्ड चार्टर्ड बैंकपछि एनएमबि बैंकमा आएकी हुन् ।
एनएमबि बैंककै पहिलो महिला ब्रान्च मेनेजर
प्रनिसाले एनएमबि बैंक प्रवेश गर्दा एनएमबि बैंकको २३ वटा शाखाहरू सञ्चालनमा थिए । २३ वटा शाखामा हरेक शाखा प्रमुख पुरुष मात्रै थिए । प्रनिसा पहिलो ब्रान्च मेनेजर थिइन् । ‘२३ वटा शाखामा म मात्रै महिला ब्रान्च मेनेजर थिए । आज यहाँ आइपुग्दा के लाग्छ भने मैले यो बैंकमा वुमन लिडरसिप क्रेट गर्न सकेको छु भन्ने लाग्छ’ । उनले भनिन् । उनको बुझाइमा अन्य क्षेत्रको तुलनामा महिलाको लागि सुरक्षाको हिसाबले, आत्मनिर्भर र सम्मानका हिसाबले बैंकिङ्ग क्षेत्र राम्रो छ ।
आठ वर्ष अगाडि वैवाहिक जीवनमा बाँधिएकी श्रेष्ठको एउटा बच्चा पनि छ । उनी हाल संयुक्त परिवारमा बस्छिन् । ‘एउटा आमा, बुहारी भइसकेपछि आफ्नो जिम्मेवारी बढ्छ र निभाउन पनि पर्छ त्यसमा परिवारको सहयोग चाहिन्छ’ उनले भनिन् । उनले महिलाका लागि बैंकिङ्ग क्षेत्र निकै उत्कृष्ट रहेको बताइन् । ‘परिवारमा पनि कुनै दिन काम पर्दा समयमा आउन नसक्दा सहयोग माग्ने गर्नुपर्छ, आफूलाई सुखी राख्ने कि दुःखी आफ्नो हातमा हुन्छ, उनले भनिन् ।
उनको बुझाइमा हरेक काम कठिन छ तर त्यसलाई कसरी व्यवस्थापन गर्न भन्ने कुरा आफ्नो हातमा रहने बताउँछिन् । हाम्रो जस्तो पुरुष प्रधान देशमा घरको काम महिलाको मात्र हो भन्ने धारणा रहेकाले घरको काम सकेर बाहिरी काममा जान पर्दा केही असहज भने हुने गरेको बताउँछिन् । उनले आफ्नो पार्टनरसँग मिलेर अघि बढेमा बैंकको जागिर धेरै कठिन नहुने बताउँछिन् ।
उनले महिला भएका कारण नै नसक्ने कामलाई सक्दिन भन्न हिचकिचाउन नहुने बताउँछिन् । उनले लिडर्सको रुपमा काम गर्दा तल्लो स्तर काम गर्ने आफूभन्दा सिनियर हुँदा केही असहज भएको उनको बुझाई छ । प्रनिषाले अहिले पाँच वटा डिपार्टमेन्ट सम्हाल्दै आइरहेकी छिन् । उनको लिडरसिप अरूको भन्दा फरक छ । उनी अरूलाई सिकाउनुपर्छ भन्ने धारणाको छिन् ।
उनको यो बानीले नै गर्दा उनले धेरै डिपार्टमेन्टमा काम गर्ने अवसर प्राप्त गरेकी छिन् । आफ्नो क्षमता सँगसँगै बैंकिङ्ग क्षेत्रमा आउन परिवारको एकदमै समर्थनको आवश्यकता रहेको उनको बुझाई छ । उनी यो क्षेत्रमा बसेर एउटा १०–५ को काम मात्रै नगरेर महिलाहरूको लागि प्रेरणाको पात्र बन्दा उनी आफ्नो बताउँछिन् ।
(मार्च ८ अर्थात् फागुन २४ गते रहेको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंकिङ्ग समाचारले तयार पारेको साताव्यापी ‘विशेष श्रृङ्खला’मा बैंक तथा बीमा क्षेत्रका नेतृत्वदायी भूमिका र भिन्न पदमा रहेका महिलाहरुसँग गरिएको कुराकानीमा आधारित सामग्री -स.)
प्रतिक्रिया