बैंकिङ्ग समाचार, काठमाडौं ।
यतीबेला वाणिज्य बैंकहरुमा कर्जाको माग बढेको छ । तर बैंकहरुले माग अनुसारको कर्जा प्रवाह गर्न सकिरहेका छैनन । यसकारण वाणिज्य बैंकहरुले विस्तारै कर्जा प्रवाह निघटाउँदै गइरहेको छ । कर्जाको माग अनुसार निक्षेप संकलन गर्न नसक्दा वाणिज्य बैंकहरुलाई अफ्ठ्यारो भइरहेको छ ।
यमनकारी निकाय नेपाल राष्ट्र बैंकहरुलाई सिडि रेसियो (कर्जा निक्षेप अनुपात) ९० प्रतिशत कायम गर्नुपर्ने निर्देशन दिएको छ । तर तथ्याङ हेर्दा बैंकहरुको सिडि रेसियो बोर्डर लाइनमै सिमित छ । यसको अर्थ बैंकहरुमा उल्लेखीय रुपमा निक्षेप बढेको छैन । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले कुल ४५ खर्ब ४४ अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरी ४१ खर्ब ७५ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेका थिए । त्यसयता अधिकांश वाणिज्य बैंकहरुको नयाँ कर्जा प्रवाह घटाउँदै गएका छन् ।
बैंकहरुले ८.५ % प्राथमिक पुँजी र २.५ % पुरक पुँजी गरी ११ % पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ ।
यता वाणिज्य बैंकहरुको पुँजीकोष अनुपात पनि कम देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको असारसम्मको तथ्यांक अनुसार वाणिजय बैंकहरुको औसत पुँजीकोष १३.५७ प्रतिशत रहेको छ भने प्राथमिक पुँजीकोष १०.७६ प्रतिशत रहेको छ । पुँजीकोषलाई राष्ट्र बैंकले प्राथमिक पुँजी (सीसीएआर) र पूरक पुँजी (सीएआर) लाई गणना गर्ने व्यवस्था गरेको छ ।
यस अनुरुप वाणिज्य बैंकहरुले ८.५ प्रतिशत प्राथमिक पुँजी र २.५ प्रतिशत (Capital Conservation Buffer) अथवा पुरक पुँजी गरी ११ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यसमा प्राथमिक पुँजी अनिवार्य पुर्याउनुपर्ने बाध्यकारी हुन्छ । प्राथमिक पुँजी ८.५ प्रतिशत नपुर्याउने बैंकहरुलाई राष्ट्र बैंकले लाभांश वितरण रोक लगाउँछ । त्यसो त अहिले अधिकांश वाणिज्य बैंकहरुले राष्ट्र बैंकको यस्तो नीतिगत व्यवस्थाको हाराहारीमै पुँजीकोष कायम गरेका छन् ।
पुँजी कोष कम हुँदा बैंकहरुले सेयरधनीलाई वितरण गर्ने लाभांश क्षमतामा पनि कमि आउने लगभग पक्का जस्तै छ । सानिमा, एनसीसी, सनराइज, सिद्धार्थ, लक्ष्मी, एनआइसी एशिया, प्रभु र माछापुच्छ्रे बैंकको प्राथमिक पुँजीकोष ८ प्रतिशतको हाराहारीमा देखिन्छ । यस्तै, ५ वाणिज्य बैंकको प्राथमिक पुँजीकोष ९ प्रतिशतको हाराहारीमा छ भने ८ वटा वाणिज्य बैंकको प्राथमिक पुँजीकोष १० प्रतिशतको हाराहारीमा देखिन्छ । यस्तै, हिमामलयन र एभरेष्ट बैंकको पुँजीकोष ११ प्रतिशत नजिक देखिन्छ ।
नेपाल राष्ट्र बैंकले अर्को आर्थिक वर्षको मौद्रिक नीतिमार्फ बैंकहरुलाई २.५ प्रतिशतले काउन्टर साइक्लिकल क्यापिटल कन्जरभेसन बफर लागू गर्ने बताइसकेको छ । राष्ट्र बैंकको सो नीतिपछि ११ प्रतिशत कायम रहेको पुँजीकोष बढाएर १३.५ प्रतिशत पुर्याउनुपर्ने बाध्यकारी अवस्था सिर्जना हुन्छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको असारसम्मको तथ्यांक






About Us
प्रतिक्रिया