लक्ष्मी बैंकले दोहा बैंकबाट भित्र्यायो करिब साढे २ अर्ब रुपैयाँ

लक्ष्मी बैंकले दोहा बैंकबाट भित्र्यायो करिब साढे २ अर्ब रुपैयाँ


बैकिङ्ग समाचार ।
लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट २० मिलियन अमेरिकी डलर (२ अर्ब ४३ करोड रुपैयाँ ) बराबरको रकम बैदेशिक ऋण प्राप्त गरेको छ।

बैंकले ३ वर्षका लागि २० मिलियन अमेरिकी डलर बराबरको बैदेशिक मुद्रामा ऋण प्राप्त गरेको हो।

गत बैशाख १५ गते लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात सो ऋण रकम प्राप्त भएको हो । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले सो रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न बैंकलाई थप स्रोत प्राप्त भएको नोटबजारलाई जानकारी दिए।

यसअघि मेगा बैंकले पनि सोही बैंकबाट २ करोड अमेरिकी डलर ऋण लिएको थियो । गत पुसमा कतारको सबैभन्दा ठूलो दोहा बैंकले नेपालमा प्रतिनिधि कार्यालय स्थापना गरेको थियो ।

दोहा बैंकका कतार बाहेक, दुबईको आवुधावी, कुवेत, भारतको मुम्बईमा शाखा कार्यालय सञ्चालनमा छन्।

बैंकका नेपाल सहित श्रीलंका, बंगलादेश, जापान, चीन, सिंगापुर, हङकङ, दक्षिण अफ्रिका, दक्षिण कोरिया, अष्ट्रेलिया, टर्की, बेलायत, क्यानडा र जर्मनीमा दोहा बैंकका सम्पर्क कार्यालय सञ्चालनमा छन्।