असोजदेखि बैंकहरुको ब्याजदर बढ्यो: मुद्दती निक्षेपमा १५%, बचतमै दोहोरो अंकमा, कुन बैंकको कति ?

असोजदेखि बैंकहरुको ब्याजदर बढ्यो: मुद्दती निक्षेपमा १५%, बचतमै दोहोरो अंकमा, कुन बैंकको कति ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
यतीबेला बैंकहरुको निक्षेपको ब्याजदर १५ प्रतिशत नाघेको छ । बैंकहरुले शुक्रबार १ असोजदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर प्रकाशित गर्दै बचतमा अधिकतम १० प्रतिशत र मुद्दती निक्षेपमा १५ प्रतिशतसम्म ब्याजदर जारी गरेका छन ।  गत बिहीबार बसेको नेपाल बैंकर्स संघको कार्यकारी समितिको बैंठकले ६ महिनादेखि ‘भद्र सहमति’ खारेज गर्दै बैंकहरुले आफुखुसी  ब्याजदर तोक्न पाउने निर्णय गरेको थियो । बैंकर्स संघले ब्याजदरमा गरेको सहमति खारेज गरेसँगै १ असोजदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गर्दा बैंकले ब्याजदर बढाएका छन् ।

भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर निर्धारण गरेका बैंकहरुले राष्ट्र बैंकको निर्देशन अनुसार रेमिटेन्स बचतमा थप एक प्रतिशत ब्याजदर बढाएर दिनुपर्ने हुन्छ । यो व्यवस्था राष्ट्र बैंक नियमन विभागले जारी गरेको एकिकृत निर्देशनमा–२०७८ मा पनि भनिएको छ । उक्त निर्देशनमा उल्लेखित वाक्यमा भनिएको छ ‘वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप राखेमा न्यूनतम १ प्रतिशत बिन्दु थप गरी ब्याजदर प्रदान गर्नु पर्नेछ ।’ 

कुन बैंकको ब्याजदर कति ? 

नबिल बैंक

नबिल बैंकको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । व्यक्तिगत निक्षेपमा ११.०३ देखि १२.१३ प्रतिशत ब्याजदर पुगेको छ । यता रेमिट्यान्स खातामा भने १३.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज प्रदान गर्ने बैंकले जनाएको छ । बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । 

नेपाल बैंक

नेपाल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ । मुद्दति निक्षेपमा  अधिकतम १३.१३ प्रतिशतसम्म ब्याज तोकिएको बैंकले जनाएको छ । यसमा ब्यक्तिगतमा १२.१३ प्रतिशत र संस्थागतलाई १०.१३ र रेमिट्यान्सलाई १३.१३ सम्मको व्याजदर निर्धारण गरेको छ । बचत खाताहरुमा कर्मचारी स्यालरी सेभिङ खातामा ९.१३ प्रतिशत, नारी सम्मान बचत खातामा ९.१३ प्रतिशत, पायनियर बचत खातामा ९.१३ प्रतिशत, युवा बचत खातामा ९ .१३ प्रतिशत र रेमिट्यान्स बचत खातामा १०.१३ प्रतिशत ब्याजदर निर्धारण गरिएको बैंकले जनाएको छ । 

प्रभु बैंक
प्रभु बैंकले मुद्दती निक्षेपमा १५.१३ प्रतिशतसम्मको आकर्षक ब्याजदर प्रकाशित गरेको छ । विदेशबाट रेमिट्यान्स गरि पठाएको रकम बैंकको खातामा मुद्दती निक्षेपको रुपमा जम्मा गर्दा वार्षिक १५.१३ प्रतिशत ब्याजदर दिने बताएको छ । बैंकले उन्नति बचतमै बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्नेछ। 

एनआईसी एशिया बैंक
एनआईसी एशियाले व्यक्तिगत मुद्दती निक्षेपकर्ताले १२.१३ प्रतिशत ब्याज दिने बताएको छ । साधारण बचततर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने सूचना बैंकले जारी गरेको हो । 

कुमारी बैंक
कुमारी बैंकमा व्यक्तिगत मुद्दती निक्षेप गर्दा १२.१३ प्रतिशत ब्याज पाउनेछन् । यस्तै संस्थागत मुद्दती निक्षेपमा भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशत ब्याज दिने छ । हाल बैंकको आधारदर १०.४९ प्रतिशत रहेको छ । 

सानिमा बैंक
सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज निर्धारण गरेको छ । बैंकले रेमिटेन्स मुद्दतिमा भने १३.५१ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने भएको हो ।  बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १६.०२ प्रतिशत ब्याज लिनेछ ।

बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने विप्रेषण निक्षेपमा १३.१३ प्रतिशत ब्याज दिने भएको छ । यस्तै संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ । साउन मसान्तसम्म बैंकको आधारदर १०.०४ प्रतिशत रहेको छ । 

मेगा बैंक
मेगा बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा १३.१३ प्रतिशत र संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाउन सकिन्छ भने बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइन्छ । 

एनएमबी बैंक
एनएमबि बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत, संस्थागत तर्फ भने १०.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज तोकिएको छ । 

कृषि विकास बैंक
बैंकले सार्वजनि गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम ८.१५ प्रतिशतसम्म ब्याज दिनेछ । मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको छ । यस्तै  रेमिटेन्स मुद्दती निक्षेपमा १३.१३ प्रतिशतसम्म ब्याज दिइनेछ ।
 
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले रेमिट मुद्दतिमा १३.१३ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ५ प्रतिशत प्रिमियम थपिने छ । पछिल्लो समय बैंकको आधारदर ७.८६ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १२.८६ प्रतिशत ब्याज लिने छ ।

सनराइज बैंक
सनराइज बैंकले जारी गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत, संस्थागत निक्षेपमा १०.१३ प्रतिशत र रेमिटेन्स मुद्दतीमा १४.१३ प्रतिशत ब्याजर निर्धारण गरेको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने भएको हो । 

सेञ्चुरी कमर्सियल बैंक
प्रभु बैंकसँग एकिकृत कारोबार गर्ने अन्तिम तयारीमा रहेको सेञ्चुरी बैंक व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने बताएको छ । यस्तै रेमिटेन्स बचतमा  १४.१३ प्रतिशत पुगेको छ । यसका लागि निक्षेपकर्ताले न्यूनतम १० हजारको खाता खोल्नुपर्ने बैक बताउँछ । साथै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइनेछ भने बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाउन सकिन्छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत, ३ महिनदेखि १ वर्ष वा सो भन्दा बढि अवधिमा लागि निक्षेपमा पैसा जम्मा गर्दा १२.१३ प्रतिशत ब्याज पाउन सकिन्छ । साथै संस्थागततर्फ भने ब्याजदर १०.१३ प्रतिशत रहेको छ । विप्रेषण मुद्दती निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज पाइनेछ । बचत तर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

हिमालयन बैंक
हिमालयन बैंकले असोज महिनाका सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.६३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैैंक
नेपाल इन्भेष्टमेण्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले रेमिट मुद्दतिमा १३.१३ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ ।

ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत, संस्थागत तर्फ भने १०.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज तोकिएको छ ।

प्राइम कमर्सियल बैंक 
प्राइम कमर्सियल बैंकले जारी गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत, रेमिट्यान्स खातामा १४.१३ प्रतिशत, संस्थागत निक्षेपतर्फ १०.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत, संस्थागततर्फ १०.१३ र रेमिट्यान्स मुद्दती निक्षेपमा १०.१३ प्रतिशत ब्याज तोकिएको छ । यस्तै बचतमा ७.१३ प्रतिशत देखि ८.१३ प्रतिशतसम्म ब्याज पाइने छ । 

एनसीसी बैंक
एनसीसी बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने छ । यता एनसीसी रेमिट सिल्भर फिक्स डिपोजिट एकाउन्टमा भने १५ प्रतिशत ब्याज दिने छ । संस्थागततर्फ भने १०.१३ प्रतिशत ब्याज रहेको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने जनाएको छ । 

 

सिटिजन बैंक
सिटिजन बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत, संस्थागत तर्फ भने १३.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज तोकिएको छ ।

सिभिल बैंक
सिभिल बैंकले जारी गरेको नयाँ ब्याजदर अनुसार व्यत्तिगत मुद्दती निक्षेपमा १०.१३ देखि १२.१३ प्रतिशत ब्याज पाउन सकिन्छ । यस्तै संस्थागततर्फ १०.१३ प्रतिशत ब्याजदर, विप्रषण मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याज पाउन सकिन्छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । 

एभरेष्ट बैंक
एभरेष्ट बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । रेमिटेन्स मुद्दती निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज र ३ महिना वा सो भन्दा बढि अवधिका लागि यस्तो निक्षेपमा १३.५० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । बचततर्फ ७.१३ देखि ८.१३ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।  

स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने बताएको छ । संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१५ देखि ७.१३ प्रतिशतसम्म ब्याज दिने बताएको छ । 

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत, संस्थागत तर्फ भने १०.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज तोकिएको छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत, संस्थागत तर्फ भने १०.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बचतमा ७.१३ देखि १०.०३ प्रतिशतसम्म ब्याज तोकिएको छ ।