कृषि विकास बैंकले लाभांश लिन बोलायो

कृषि विकास बैंकले लाभांश लिन बोलायो


बैकिङ्ग समाचार । 

कृषि विकास बैंकले पछिल्ला वर्षहरुमा वितरण गरेको लाभांश संकलन गर्न शेयरधनीहरुलाई आग्रह गरेको छ। बैंकले ५ वर्षसम्मको पुरानो लाभांश संकलनका लागि आग्रह गरेको हो।

बैंकले विगत पाँच आर्थिक वर्षहरुको लाभांश नलिएका शेयरधनीहरुलाई एनआईबिएल एस क्यापिटलमार्फत लाभांश पूँर्जा र नगद संकलन गर्न आग्रह गरेको हो।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा उपस्थित हुन नसक्ने शेयरधनीहरुले भने कृषि विकास बैंकको कुनै पनि शाखामा आवेदन दिएर भौतिक शेयर प्रमाणपत्र तथा नगद लाभांसको पूर्जा संकलन गर्न सक्ने बैंकले जनाएको छ ।

लगानीकर्ताले आगामी साउन ११ गतेसम्म पछिल्ला ५ आर्थिक वर्षको लाभांस संकलन नगरेको अवस्थामा उक्त लाभांश रकम लगानीकर्ता संरक्षणकोषमा जम्मा हुने बैंकले जनाएको छ ।

\"\"