लगानी बोर्डद्धारा १ खर्ब ८५ अर्ब ४३ करोडको लगानी स्वीकृत

लगानी बोर्डद्धारा १ खर्ब ८५ अर्ब ४३ करोडको लगानी स्वीकृत


बैकिङ्ग समाचार ।

लगानी बोर्डको शुक्रबार सम्पन्न ४४ औ बैठकले विभिन्न ७ वटा परियोजनाका लागि कुल एक खर्ब ८५ अर्ब ४३ करोड बराबरको लगानी स्वीकृत गरेको छ।

प्रधानमन्त्री एंवम लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ५ वटा जलविद्युत र २ वटा सिमेन्ट परियोजनाका लागि उक्त परिमाणको लगानी स्वीकृत गरेको हो।

लगानी बोर्डले ३२७ मेगावाटको अपर मस्र्याङदी हाइड्रोपावर-२ परियोजनाका लागि करिब ७८ अर्ब ६५ करोड, आँखु खोला हाइड्रोपावर (४२.९ मेगावाट) को लागि ६ अर्ब ३० करोड, म्याग्दीखोला हाइड्रोपावर (५७.३ मेगावाट) को लागि १० अर्ब ३१ करोड, इसुवाखोला हाइड्रोइलेक्ट्रिक (९७.२ मेगावाट) को लागि १३ अर्ब ५७ करोड तथा कालिगण्डकी गर्ज हाइड्रोपावर (१६४ मेगावाट) परियोजनाका लागि करिब २८ अर्ब ६ करोड बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

त्यसैगरी सो बैठकले दाङ सिमेन्ट इन्डष्ट्रिज परियोजनाको लागि ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट इन्डष्ट्रिज परियोजनाका लागि १५ अर्ब ५ करोड बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको लगानी बोर्डले जनाएको छ।

बैठकले बाँके जिल्लाको कोहलपुर र कपिलवस्तुको वाणगंङामा संचालन हुने २० मेगावाट स्टोरेज क्षमता सहितको १२५ मेगावाटका २ छुट्टाछु्ट्टै सौर्य उर्जा परियोजनाको सार्वजनिक निजी साझेदारीमा विकास तथा संञ्चालनका लागि अध्ययनका लागि रिजन इनर्जी सिगांपुरलाई अनुमति प्रदान गरेको छ ।

त्यस्तै विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण्का कारण काबु बाहिरको परिस्थिति सृजना भएको भन्दै चाइना नेपाल फ्रेण्डसिप इण्डिष्ट्रियल पार्क दमक, मुक्तिनाथ केबलकार, मल्टी मोडेल लजेष्टिक पार्क, र प्राइभेट फ्रेट टर्मिनल एन्ड बल्क ह्यान्डलिङ फेसिलिटी परियोजनाको विस्तृत अध्ययन पेस गर्ने समायअवधि समेत थप गरेको छ ।