विकास बैंकहरुले असार पहिलो साता भित्रै कर तिर्ने

विकास बैंकहरुले असार पहिलो साता भित्रै कर तिर्ने


बैकिङ्ग समाचार ।
विकास बैंकहरुको छाता संगठन डेभलपमेण्ट बैंकर्स संघले असार ७ गते भित्र नै कर तिर्ने निर्णय गरेको छ । कोरोनाका कारण उत्पन्न असहज परिस्थितीलाई ध्यानमा राखेर सरकारलाई सघाउनका लागि यस अघि सरकारले तोकेको अवधिमा नै कर तिर्ने निर्णयमा संघ पुगेको हो ।

संघका अध्यक्ष एवं गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सबै विकास बैंकहरुले असार ७ गते भित्रमा नै कर तिर्ने गरी अघि बढ्न आग्रह गर्ने निर्णय भएको जानकारी दिए । 'सरकारले दिएको निर्देशनलाई सर्वोच्च अदालतको आदेशले असार ७ भित्रै कर तिर्नु पर्ने बाध्यात्मक अवस्था त छैन । तर सरकार समस्यामा परेका बेला हामीले सघाउनु पर्छ भनेर सबै बैंकहरुले असार ७ भित्रमा नै कर दाखिला गर्ने गर्ने निर्णय गरेका हौं ।' 

संघको शनिबार बसेको बैठकले तेस्रो सित्रैमाक अवधि अर्थात चैत मसान्तसम्ममा बैंकहरुले सरकारलाई बुझाउनु पर्ने कर तिर्न सम्पूर्ण  विकास बैंकहरुलाई आग्रह गर्ने निर्णय गरिएको ढकालले बताए । बैठकमा अधिकांस बैंकहरु सरकारलाई सघाउन तयार भए पछि बैठकमा सहभागि नभएका विकास बैंकहरुलाई पनि सोही अनुसार असार ७ भित्रमा कर तिर्न आग्रह गर्ने निर्णय भएको ढकालले जानकारी दिए ।

सरकारले कोरोना भाइरस रोकथाम रोकथाम तथा नियन्त्रणका लागि लागि गत चैत ११ गतबाट लकडाउन लागू गरेपछि बैंकहरुले कर बुझाएका थिएनन् ।

आन्तरिक राजश्व विभागले कर तिर्ने म्याद असार ७ र १५ गतेसम्म तोके पनि सर्वोच्च अदालतले बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्दा हुने आदेश दिएको छ ।

यद्यपी कर कार्यालयले भने अहिलेसम्म र्सोच्चको आदेश अनुसार कर तिर्न सकिने सूचना आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।

यस अघि वाणिज्य बैंकहरुले पनि असार ७ गते भित्रमा नै कर दाखिला गर्ने निर्णय गरिसकेका छन् ।