रिडी हाइड्रोपावरले नाफा बढायो 

रिडी हाइड्रोपावरले नाफा बढायो 


बैकिङ्ग समाचार । 
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासम्ममा ३ करोड ९ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आवको यसै अवधिमा ७६ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको यस कम्पनीले २ करोड ३२ लाख ५४ हजार रुपैयाँले खुद नाफा वृद्धि भएको हो। 

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले विद्युत बिक्री आम्दानी ३ करोड ९९ लाख ५५ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा विद्युत बिक्री आम्दानीबाट १ करोड १५ लाख ९७ हजार नाफा आम्दानी गरेको कम्पनीले २४४.५१ प्रतिशतले आम्दानी बढाएको हो।

समीक्षा अवधिमा कम्पनीले सञ्चालन नाफा पनि ९८ लाख ७ हजार रुपैयाँबाट बढेर ३ करोड ३९ लाख ८१ हजार रुपैयाँ पुर्याएको छ ।

चुक्ता पूँजी ५३ करोड ११ लाख १८ हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७६ पैसा छ । समीक्षा अवधिमा जगेडा कोषको आकार २ करोड ९६ लाखबाट वृद्धि भई ६ करोड ४ लाख ६१ हजार रूपैयाँ पुग्दा प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ३८ पैसा कायम भएको छ।