नयाँ स्टक एक्सचेञ्ज खोल्न लाइसेन्स दिने प्रक्रिया अघि बढ्यो, चुक्ता पुँजी ३ अर्ब 

नयाँ स्टक एक्सचेञ्ज खोल्न लाइसेन्स दिने प्रक्रिया अघि बढ्यो, चुक्ता पुँजी ३ अर्ब 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नयाँ स्टक एक्सचेञ्ज कम्पनीलाई नयाँ लाइसेन्स दिने प्रक्रिया अघि बढेको छ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जलाई लाईसेन्स दिन आफ्नो नियमावली संशोधन गर्दै चुक्ता पुँजी ३ अर्ब हुनेगरी नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने पक्रिया अघि बढाएको हो । बुधबार बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले धितोपत्र बजार सञ्चालन नियमावली (२०६४ लाई संशोधन गर्दै अर्थ मन्त्रालय पठाएको हो । मन्त्रालयले उक्त नियमावली स्वीकृत गरेपछि बोर्डले नयाँ स्टकलाई लाईसेन्स दिन आवश्यक प्रकृया सुरु गर्ने बताइएको छ ।

धितोपत्र बोर्डका अनुसार अब स्थापना हुने स्टक एक्सचेञ्ज कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ हुनेछ । हाल १० करोडमा स्टक एक्सचेञ्ज खोल्न पाइने व्यवस्था थियो । नयाँ स्टक एक्सचेञ्जमा निजी कम्पनी तथा व्यक्तिहरुले समेत लगानी गर्न पाउनेछन् । 

राष्ट्र बैंक र बीमा समितिको नियम अनुसार नयाँ आउने स्टकमा एउटा कम्पनीको १५ प्रतिशत सेयर होल्ड राख्न पाइने व्यवस्था मिलाइएको बताइएको छ । यसअघि नयाँ स्टक एक्सचेञ्जमा एउटा कम्पनीको लगानी १० प्रतिशतसम्म मात्रै हुन पाउने व्यवस्था थियो । एउटा कम्पनीको अधिकतम १० प्रतिशत सेयर लगानी गर्न पाइने व्यवस्था थियो ।