मेरो माइक्रो फाइनान्सद्वारा प्रहरीलाई ट्राफिक संकेत बोर्ड हस्तान्तरण

मेरो माइक्रो फाइनान्सद्वारा प्रहरीलाई ट्राफिक संकेत बोर्ड हस्तान्तरण


काठमाडौं – मेरो माइक्रो फाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेडले संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतनामुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ।

उक्त बोर्डहरु ट्राफिक प्रहरी वृत्त स्वयम्भूका प्रमुख दिवाकर महतले विभिन्न ठाउँहरूमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको बताए ।

सवारीसाधनहरु व्यस्त रोडमा अव्यवस्थित पार्किङले हिँड्नै मुस्लिक हुने र सवारी साधाहरुले ओभरटेक गर्ने दौरानमा बाटो क्रस गरिरहेका मानिसहरुलाई वास्ता नगर्नाले अनेकौँ दुर्घटनाहरू बढिरहेकोले ट्राफिक संकेत प्रदान गर्नु परेको संस्थाले जनाएको छ ।

मेरो माइक्रो फाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड ७ प्रदेशका ६४ जिल्लामा १४९ शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।