काठमाडौं – वाणिज्य बैंकहरुले फागुन महिनाका लागि लागू हुने ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनकि विवरणअनुसार फागुनका लागि ग्लोबल आईएमई बैंकले ब्याजदर बढाएको छ लक्ष्मी सनराइज बैंकले घटाएकाे छ । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १८ वटाले माघकै ब्याजदरलाई फागुनमा निरन्तरता दिएका छन्।
लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ५.५ प्रतिशत निर्धारण गरेको छ । ग्लोबल आइएमई बैंकले ०.२५ प्रतिशत ब्याजदर बढाएर ६ प्रतिशत तोकेको छ । माघ महिनामा औसतमा ६.००१ प्रतिशत विन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर, फागुन महिनामा पनि ६.००१ प्रतिशत विन्दु नै रहेको छ ।
माघकाे ब्याजदर
माघमा २० वाणिज्य बैंकहरुमध्ये १७ वटाले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी दुई वटाले घटाउदा १ वटा बैंकले बढाएको थियो । कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपका लागि ५.५१ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर तोकेको थियो । सिटिजन्स बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ५.६५ प्रतिशत , संस्थागततर्फ ४.५ प्रतिशत, एभरेष्ट बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेका थिए।
ग्लोबल आईएमई बैंकले माघका लागि व्यक्तिगततर्फ ५.७५ र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेकोमा फागुनका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत पुर्याएकाे छ। हिमालयन बैंकले व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले व्यक्तिगतत ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर ताेकेकाे थियो । माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ४ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ ५.७५ र संस्थागततर्फ ४.२५ प्रतिशत,नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर तोकेको थियो।
नेपाल बैंकले व्यक्तिगततर्फ ५.६ प्रतिशत र संस्थागततर्फ ४.१५ प्रतिशत, एनआईसी एशिया बैंकले व्यक्तिगततर्फ ६.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत, कुमारी बैंकले व्यक्तिगततर्फ ५.९१ प्रतिशत र संस्थागततर्फ ४.९१ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ ब्याजदर ताेकेका थिए ।
यस्तै, एनएमबि बैंकले व्यक्तिगततर्फ ६.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत, प्रभु बैंकले व्यक्तिगततर्फ ६.१ र संस्थागततर्फ ५.१ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ३.५ प्रतिशत, सानिमा बैंकले व्यक्तिगततर्फ ६ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ४.३ प्रतिशत, नेपाल एसबीआई बैंकले व्यक्तिगततर्फ ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
प्रतिक्रिया