६ महिनामा बैंकहरुले गरे ८ खर्ब बढी अन्तर बैंक कारोबार

६ महिनामा बैंकहरुले गरे ८ खर्ब बढी अन्तर बैंक कारोबार


काठमाडौं – चालु आर्थिक वर्ष २०७१/७२ को ६ महिनामा बैंक तथा वित्तीय संस्थामा अल्पकालीन अवधिको लागि हुने कारोबार बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा चालु आर्थिक वर्षको ६ महिनामा अन्तर बैंक कारोबार बढेको देखिएको हो।

समिक्षा अवधिमा बैंकहरुको ७ खर्ब ४५ अर्ब ९१  करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरुबीच बाहेक) को ९२ अर्ब ७ करोड रूपैयाँ गरी कुल ८ खर्ब ३७ अर्ब ९८ करोडको अन्तर–बैंक कारोबार भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २० खर्ब ८१ अर्ब ६७ करोड र अन्य वित्तीय संस्थाहरूको २ खर्ब ३६ अर्ब ८६ करोड गरी कुल २३ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २३ खर्ब १६ अर्ब ९८ करोड र अन्य वित्तीय संस्थाहरूको २ खर्ब ५७ अर्ब २२ करोड गरी कुल  २५ खर्ब ७४ अर्ब २० करोडको अन्तर बैंक कारोबार भएको थियो।