राष्ट्र बैंकद्धारा चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन–२०७९ जारी, अब बैंकले ४० प्रतिशत सम्म कर्जा दिन सक्ने (मार्गदर्शन सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ जारी गरेको छ । जस अनुसार बैंक तथा वित्तिय संस्थाहरुले कम्पनीको बार्षिक कारोबारको ४० प्रतिशत सम्म चालु पूँजी कर्जा दिन सक्ने मार्गदर्शनमा छ । 

इजाजतपत्र प्राप्त संस्थाले ब्यावसायको अपरेटिङ्ग साइकल, क्यास कन्भर्जन साइकल, दैनिक वस्तु बिक्री लगायतको बिषयहरु हेरेर बार्षिक कारोबारको ४० प्रतिशत कर्जा दिन सक्ने व्यवस्था गरेको छ । यी विभिन्न वस्तुको विश्लेषण गर्दा बिशेष प्रकृतिको आवश्यकता देखेमा कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित बार्षिक कारोबार÷बिक्रीको अधिकतम ४० प्रतिशतले हुन आउने रकमसम्म कुल चालु पुँजी कर्जा सिमा कायम गर्न सक्ने व्यवस्थामा उल्लेख गरिएको छ ।

अब कुनै कम्पनीले बार्षिक एक करोडको कारोबार गरेको खण्डमा उक्त कम्पनीले चालु पुँजी कर्जा अन्तर्गत ४० लाख सम्म कर्जा पाउने छ । तर त्यसको लागि २ करोड भन्दाकमको लागि मात्रै रहने छ । कम्पनीले बिक्री गर्ने वस्तु, कम्पनीको पुँजी लगायतका बिषय बैंकले निर्धारण गरे अनुरुप हुने छ जसमा ४० प्रतिशतको कर्जा सबै कम्पनीमा लागु हुने छैन । 

मार्गदर्शन