ठगीका घटना बढेपछि सहकारी विभागको एक्सनः अब सहकारीले हरेक महिना लगानीकर्तालाई संस्थाको अवस्था जानकारी गराउनुपर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

पछिल्लो समय सहकारीहरूमा विकृति बढेको र ठगीका घटनाहरु मौलाउन थालेसँगै सहकारी विभागले यस्ता संस्थाले हरेक महिना बचतकर्ता तथा सेयरधनीलाई आफ्नो वित्तीय जानकारी गराउनुपर्ने निर्देशन दिएको छ। 

सहकारी विभागको निर्देशन अनुसार पहिलो पटक निर्देशन जारी भएको १५ दिनमा र त्यसपछि हरेक महिना सहकारीहरूले सेयर पुँजी, लगानीमा रहेको कर्जा, बचत लगायतको जानकारी सार्वजनिक सूचनामार्फत् जारी गर्नुपर्ने भएको छ। 

सहकारीहरूको विवरण राख्ने कोपोमिस प्रणालीमा तथ्यांक अद्यावधिक गर्न समेत विभागले निर्देशन दिएको छ।  विभागले सहकारीहरूलाई सकेसम्म स्थिर सम्पत्तिमा लगानी नगर्न समेत निर्देशन दिएको छ। 

सहकारीहरूलाई दीर्घकालीन स्रोत सुनिश्चित नभएमा लगानी मात्र नबढाउन समेत विभागले निर्देशन दिएको हो।