बैंकिङ्ग करिअर – ४

जो डाक्टर बन्ने सपना देखे, ‘क्याबिनक्रु’मा काम गरे र बने बैंकर

जो डाक्टर बन्ने सपना देखे, ‘क्याबिनक्रु’मा काम गरे र बने बैंकर


काठमाडौं – ‘अरुको चित्त बुझाउन कम्प्रमाइज गर्नुभन्दा पनि आफू सन्तुष्ट हुनतर्फ ध्यान केन्द्रीत गर्नुपर्छ,’ एनएमबी बैंकको उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुदेश उपाध्याय भन्छन् । हुन पनि उनी आफ्नो कामप्रति कहिल्यै असन्तुष्ट बनेनन् । सानामा उपाध्यायले डाक्टर बनेर दिन दुःखीयाहरुको उपचार गर्ने र बिरामीहरूलाई निको पार्ने सपना बुने ।

डाक्टर बन्ने सपना बुने पनि उनले त्यसको फरक पाट्टो क्याबिनक्रुमा काम गरे । एउटा एयरलाइन्समा मासिक २५ हजार रुपैयाँ तलब भत्तामा क्याबिनक्रु बने र आकाशमा उडे । मानिसहरूले देख्ने सपनाहरूमध्ये डाक्टर, पाइलट र इन्जिनियर फरक पेशा हुन् । उपाध्यायले भने डाक्टर बन्ने सपना बुने र हवाई क्षेत्रको अनुभव बटुले ।

भनिन्छ आफूले चाहेको सबै कुरा कहिल्यै कसैले पनि पाउन सक्दैन । यो धेरै हदसम्म सत्य पनि हो । तर, आफूले सोचेजस्तो नभएर शून्यतामा झरेपछि त्यही बिन्दुबाट अर्को सुरुवात हुन्छ । जसरी, उपाध्यायको जीवनमा भयो । यही कारण, सुदेश उपाध्यायलाई माथिको भनाइको ज्वलन्त उदाहरण हुन् भन्न पनि मिल्छ ।

काठमाडौंकाे मध्यम वर्गीय परिवारमा जन्मे हुर्केका र स्कुल लेभलसम्मको पढाइमा अब्बल सुदेशले आफ्नो उच्च शिक्षा यहीँबाट सके । सिद्धार्थ बनस्थलीबाट आइएससी गरेपछि शंकरदेवबाट स्नातकोत्तर सम्पन्न गरे । डाक्टर बन्ने सपना पछ्याउँदै आईएसी गरेका उनले डिग्री पढ्ने समयसम्ममा शंकरदेवतर्फ मोडिइसकेका थिए ।

‘डाक्टर बन्ने सपनासहित आईएसी गरे,’ उनले स्मरण गरे, ‘डाक्टर नै बन्न भ्यागुतासमेत काटेको अनुभव छ मलाई ।’ आफ्नो स्नातक तह सक्दासम्म भविष्य बनाउन बैंक छिर्छु भन्नेमा कत्ति पनि सोच थिएन उपाध्यायलाई । तर, आईएसीमा उच्च अंक नआएपछि आफ्नो सपनासहित लक्ष्य फेरे र शंकरदेवमा एमबीए सुरु गरे । यही बिन्दुबाट सुरु भयो उपाध्यायको ‘बैंकिङ्ग करियर’ ।

घरका जेठा छोरा उपाध्यायका बुबा जागिरे थिए । हाल उपाध्यायका बुबा र भाइ अमेरिकामा छन् भने श्रीमती ‘लेक्चरर’ हुन् ।छोरी भारतमा कानून विषयमा स्नातक गर्दैछिन् । ‘परिवार ठिकठाक खुसीमा रहेपनि २७ वर्ष अगाडी निधन भएकी आमाको यादले औधी सताउँछ,’ उपाध्याय भन्छन् ।

असिस्टेन’देखि डिसीईओसम्म

एमबीए गर्दै गर्दा बैंकरहरुको जीवनशैली देख्न थाले उपाध्यायले । पछि डाक्टरी पेशामा लाग्ने सपना त्यागिसकेका उनले बैंकर बन्नुपर्ने निचोड निकाले र तत्कालीन ग्रीनलेज बैंकमा असिस्टेल लेभलबाट बैंकिङ्ग करिअर सुरु गरे । एमबीए गर्दासम्म बैंकिङ्ग नबुझेपनि उपाध्यायले ग्रीनलेज बैंकमा खुला आवेदन दिएर नाम निस्केपछि बैंकिङ्ग क्षेत्रमा आफ्नो करियर निर्माणको क्रम सुरु गरेका हुन्।

‘बैंकमा आउनुभन्दा पहिला म एउटा एयरलायन्समा क्याबिनक्रु पनि हो,’ उनले बैंकिङ्ग समाचारलाई सुनाए, ‘सो कम्पनीले मासिक २५ हजार रुपैयाँ तलब भत्ता दिन्थ्यो ।’ तत्कालीन समयमा उच्चस्तरको तलब छाडेर उपाध्याय भविष्य निर्माणका लागि बैंक छिर्दा मासिक तलब ५ हजार ७ सयमा झर्यो । तर, आफ्नो दोस्रो सपना पछ्याउने क्रममा बैंकमा जागिर सुरु गर्न उनी हिचकिचाएनन् ।

बैंकमा छिरेपछि १० वर्षको अनुभव बटुलेर विदेशीने निर्णय गरे र विदेशीए पनि विदेशी बैंकमा काम गर्ने मौका पाएपछि कतारको राजधानीमा स्ट्याण्डर्ड चार्टर्ड र मसरेक बैंकमा अनुभव बटुले । मध्यपूर्वमा त्यहाँ ६ वर्ष काम गरे नेपाल फर्किएर एनएमबी बैंक सिनियर म्यानेजर पदमा आबद्ध भए ।

उनल बैंकिङ्ग करिअर सुरु गरेयता नै पनि बैंकिङ्ग क्षेत्रले प्रविधिमा ठुलो फड्को मारिसकेको छ । यस्तै, बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेपछि स्थापित हुन सहज रहेको उनको मत छ । यहीकारण बैंकिङ्ग क्षेत्रमा करिअर बनाउने योजनामा रहेकालाई मेहनती बन्नुका साथै सिक्ने चाहना भएको हुनुपर्ने उनको भनाई छ ।

बैंकरलाई चाहिन्छ तालिम

सुदेश एक उत्कृष्ट बैंकर बन्न तालिमका साथै एक्स्पोजरको आवश्यकता पर्ने बताउँछन् । उनको बुझाइमा बैंकरलाई तालिम र अनुभव दुवै कुरा महत्त्वपूर्ण हुन्छ । उनले बैंकरको पदअनुसार विभिन्न खालका तालिमको आवश्यकता पर्ने बताए । ‘बैंकरलाई सामान्यदेखि जटिलस्तरसम्मको तालिम चाहिन्छ,’ उनी भन्छन्, ‘विजनेश स्किलगायतका तालिमहरूका साथै अनुभवको आवश्यकता पर्छ ।’

सुदेशको नजरमा नेपालको बैंकिङ्ग क्षेत्र

उनले नेपालको बैंकिङ्ग क्षेत्रसँग अन्तर्राष्ट्रिय बैंकहरुको तुलना गर्दा अन्तर्राष्ट्रियस्तरका बैंकहरुले जस्तै काम नेपालका बैंकहरुले गरेको बताए । विदेशको बैंकिङ्ग क्षेत्रमा ‘फरेन एक्सचेन्ज’ मा अलिक बढी एक्सपोजर्स भएको छ । नेपालको बैंकिङ्ग क्षेत्र प्रविधिमा अगाडि बढेतापनि साइबर सुरक्षामा काम गर्न बाँकी नै छ । ‘हामी प्रोडक्ट ल्याउनेमा बढी एग्रेसिप छौं । तर, त्यो प्रोडक्टको कन्ट्रोल स्टक्चर पर्याप्त छैन,’ उनी भन्छन् ।

क्यापिटल फ्रेमवर्कका कारण चाप परेकाले हिजोका जस्ता ग्रोथ भोलिका दिनमा नहुन सक्छ । विदेशी बैंक र इन्भेष्मेन्ट कम्पनीहरूले नेपाली बैंकसँग मिलेर आयोजनामा लगानी गर्ने गरी वातावरण निर्माणमा सरकार र निजी क्षेत्रसहित बैंक समेत लाग्नुपर्ने देख्छन् उपाध्याय । नेपालमा मात्र नभई विदेशमा पनि सिनियर म्यानेजरका रूपमा काम गरिसकेका उपाध्यायको बुझाइमा नेपालका बैंकरहरुले विदेशमा सहजै काम गर्न सक्छन् ।

‘विदेशमा गएर काम गर्ने बैंकरले मेहनत भने बढी नै गर्नुपर्छ,’ उपाध्यायले भने, ‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक लगायत अन्तर्राष्ट्रियसँगै विदेशी बैंकको ‘वर्किङ्ग कल्चर’ नेपाली बैंकिङ्गमा ल्याउनुपर्ने उनी बताउँछन् । र, यो काम सहज भएको पनि उनको भनाई छ । अन्तर्राष्ट्रियस्तरका बैंकहरुसँग नेपालका बैंक तुलना गर्नुपर्दा नेपालीसँग आत्मविश्वासको कमी मात्रै औँल्याउँछन् उपाध्याय ।

याे पनि :