१७ खर्ब भन्दा बढीको व्यापार घाटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

गत आर्थिक बर्ष २०७८÷७९ मा नेपालमा कुल १९ खर्ब २० अर्ब बढीको सामान आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आ.ब २०७८÷७९ को तथ्यांक अनुसार कुल १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख भन्दा बढीको सामान आयात भएको हो । जब की अघिल्लो आ.ब मा कुल १३ खर्ब ९८ अर्ब ७१ करोड बराबरको विदेशी सामानहरु आयात भएको थियो । अघिल्लो आ.ब को तुलनामा यस बर्ष कुल २४ प्रतिशतले आयातमा वृद्धि भएको हो । 

आयात भए सँगै निर्यात व्यापार पनि वृद्धि भएको तथ्यांक विभागले जनाएको छ । निर्यातमा कुल २ खर्ब ३ करोड रुपैँया पुगेको छ । जुन आयात व्यापार २४.७२ प्रतिशतले वृद्धि हुदाँ निर्यातमा भने ४१.७४ प्रतिशतले बढेको हो । 

तर निर्यातको दर बढेपनि नेपाली उत्पादनले निर्यातको दर भने सुधारिएको होइन । तेस्रो मुलुकबाट ल्याएको सामानबाट निर्यात गरिएको सामानबाट नै निर्यातको स्तर सुधारिएको हो । 
एक बर्षको अवधीमा नेपालले कुल ३ खर्ब २० अर्बको मात्रै पेट्रोलियम पदार्थको आयात गरेको तथ्यांकमा उल्लेख छ । जसमा सबै भन्दा बढी डिजेल आयातमा खर्च भएको हो । त्यस्तै, एलपी ग्यासमा ६५ अर्ब भन्दा बढीको आयात भएकोमा पेट्रोलको लागि नेपालले कुल ७१ अर्ब बढीको आयात भएको देखिन्छ । 

सरकारले विद्युतिय वस्तुको कुरा गरिरहेको अवस्थामा सर्वसाधारणको त्यसतर्फ ध्यान जान नसकेको देखिन्छ । 

त्यस्तै, भटमासको तेलमा कुल ५६ अर्ब १८ करोड, एमएस बिलेट ५१ अर्ब ३३ करोड, सुनमा ४२ अर्ब ७० करोडको, मोबाइलमा ४१ अर्ब १५ करोड, कच्चा पामको आयातमा ३९ अर्ब ३१ करोडको आयात भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले १० वस्तुको आयातमा भदौ १४ सम्म प्रतिबन्ध गरेको भएपनि आयातमा कमी आउँन नसकेको तथ्यांकले देखाउछ । 

त्यस्तै, निर्यात भएको बस्तुहरुमा भटमासको तेल र पाम तेल अगाडी छन् । भटमासको तेलको निर्यात कुल ४५ अर्ब ३५ करोड, पाममा ३७ अर्ब ९४ करोडको निर्यात गरिएको छ । नेपालमा नै उत्पादन हुदाँ हुदै पनि अन्य मुलुकबाट आयात गरी यी बस्तुहरुको निर्यात गरेको पाईन्छ । 

त्यस्तै, निर्यात भएको वस्तुहरुमा सेन्थेटिक यार्नको निर्यात गर्दा १० अर्ब १४ करोड, उनीको गलैंचा ७ अर्ब ७१ करोड, तयारी कपडा ५ अर्ब ७६ करोड र जुटबाट बनेको कपडाको निर्यात बाट ५ अर्ब २१ करोडको व्यापार भएको तथ्यांक विभागले जनाएको छ ।