अब अन्तर्राष्ट्रिय डिजिटल कार्डबाट सोझै नेपाली कार्डमा रेमिटेन्स पठाउन सकिने

अब अन्तर्राष्ट्रिय डिजिटल कार्डबाट सोझै नेपाली कार्डमा रेमिटेन्स पठाउन सकिने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
अब अन्तर्राष्ट्रिय डिजिटल कार्डबाट सोझै नेपाली बैंकले जारी गरेका कार्डमा रेमिटेन्स पठाउन सकिने भएको छ । शुक्रबार चालू आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो घोषणा गरेका हुन् ।

‘बैंकिङ भुक्तानी उपकरणमा विद्यमान विभिन्न विद्युतिय भुक्तानी तथा डिजिटल कार्ड भएका विदेशी बैंकबाट जारी यस्तै कार्डबाट नेपाली बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्डमा विप्रेषण प्राप्त गर्न आवश्यक नीतिगत व्यवस्था गरिनेछ,’ गभर्नर अधिकारीले भने । 

यसका साथै मौद्रिक नीतिमा सूचना प्रविधि लगायतका सेवा निर्यात गरी परिवर्त्य विदेशी मुद्रा भित्र्याउने कार्यलाई प्रोत्साहित गर्न आवश्यक नीतिगत व्यवस्था गरिने विषय समेत उल्लेख गरिएको छ । 

यस्ता छन् मौद्रिक नीतिका भुक्तानीसँग सम्बन्धीत गरेका व्यवस्थाहरु 

सूचना प्रविधि तथा औद्योगिक पार्क निर्माण गर्ने निजी क्षेत्रसँग बैंकहरुले महँगो ब्याज लिन नपाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीति मार्फत् सूचना प्रविधि तथा औद्योगिक पार्क निर्माणका लागि लिइने कर्जाको ब्याजदर निर्धारण गरिदिएको हो।

गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रलाई सूचना प्रविधि तथा औद्योगिक पार्क निर्माण कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत विन्दु प्रिमियम थप गरि ब्याजदर लिने व्यवस्था गरिने बताएका हुन्।

यसकारण अब बैंक तथा वित्तीय संस्थाहरुले सूचना प्रविधि तथा औद्योगिक पार्क निर्माण गर्ने निजी क्षेत्रसँग आधार दरमा अधिकतम २ प्रतिशत विन्दु प्रिमियम मात्र थप गरेर ब्याज लिन पाउने भएका छ्न्।