नयाँ व्यवसायका लागि ‘क्राउड फन्डिङ्ग’ र ‘पियर टु पियर लेन्डिङ्ग’ को व्यवस्था सुरु गरिने 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
स्टार्टअप व्यवसायमा कर्जा पहुँच बढाउन ‘क्राउड फन्डिङ्ग’ र ‘पियर टु पियर लेन्डिङ्ग’ को व्यवस्था गरिने भएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९र८०को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले भने, ‘चालु आर्थिक वर्षमा स्टार्टअपमा कर्जा पहुँच बढाउन वैकल्पिक वित्तका स्वरूपहरू ‘पियर टु पियर लेन्डिङ्ग’ ‘क्राउड फन्डिङ्ग’को लागि अध्ययन गरिनेछ ।’ 

व्यक्ति तथा व्यवसायका लागि अनलाइन सेवाको माध्यमबाट उपयुक्त सम्पर्क कायम गरी कर्जा तथा सापटी लेनदेन गर्ने अभ्यासलाई ‘पियर टु पियर’ लेन्डिङ्ग भनिन्छ ।’ त्यस्तै कुनै परियोजना वा कम्पनीका लागि ठूलो सङ्ख्यामा रहेका जनताबाट विशेषतः इन्टरनेटमार्फत सहयोग रकम सङ्कलन गर्ने परिपाटीलाई ‘क्राउड फन्डिङ्ग’ हो ।

यस्ता नयाँ कार्यक्रमहरुको लागि राष्ट्र बैंकले अध्ययन गर्ने प्रतिवद्धता जनाएको छ । साथै मौद्रिक नीतिमा यस्ता नयाँ व्यवसायका लागि उचित वातावरण निमार्ण गरिने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन ।