बुटवल पावरले शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश दिने


काठमाडौं – बुटवल पावर कम्पनी लिमिटेडले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बुटवल पावर सञ्चालक समितिको ३ पुसमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले आफ्नो ३२ औँ वार्षिक साधारणसभा डाकेको छ। सभाले यही पुस २८ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।