एकदिको लागि शेयरधनी दर्ता किताब बन्द गर्दै फर्स्ट माइक्रोफाइनान्स

एकदिको लागि शेयरधनी दर्ता किताब बन्द गर्दै फर्स्ट माइक्रोफाइनान्स


काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एकदिको लागी शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । संस्थाले पन्ध्रौं वार्षिक साधारण सभा प्रयोजनका लागि २३ गते एकदिन लघुवित्त वित्तीय संस्थाको शेयरधनी दर्ता किताव शेयर दाखिल खारेज दर्ता बन्द हुने बताएको हो ।

संस्था सञ्चालक समितिको २२७ औं बैठकबाट प्रस्ताव गरे बमोजिम आ.व. २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको कुल चुक्ता पूँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार ९०२ को ९ प्रतिशतले बोनस लाभांश तथा ०.४७ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनको लागी) स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेकोमा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरेको छ ।

साधारण सभा ११ गते बिहीबार बिहान १० बजे सुरु हुनेछ ।