जावलाखेलमा सरसफाइ कार्यक्रम सम्पन्न 


काठमाडौं – ललितपुरको जावलाखेल क्षेत्रमा एक बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । गत शनिबार ९मङ्सिर १गते ०  बिहान ६ः३० बजेको समयमा ललितपुरको जावलाखेल क्षेत्रमा एक बृहत्  सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । वातावरणीय सचेतना तथा विशेष सरसफाइ अभियानको नाममा चलेको सो कार्यक्रममा आयोजक र सहभागी संस्थाका करिब १०० जनाको सङ्ख्यामा उपस्थिति रहेको थियो । कार्यक्रममा जावलाखेल चोक र वरिपरिको क्षेत्रमा रहेको फोहोर र धुलो कसिङ्गर कुचो लगाई सङ्कलन गरिएको छ । 

नेप्सेम्याकको व्यवस्थापकीय सहयोग, महानगरीय प्रहरी परिसर ललितपुरको सक्रिय सहभागिता, पातञ्जल योग समिति नेपाल ललितपुरको आयोजना एवम्  विभिन्न संघरसंस्था र स्थानीय टोलवासीहरूको सक्रिय सहभागितामा सञ्चालित यो कार्यक्रमको मुख्य उद्देश्य यस क्षेत्रलाई धुलो कसिङ्गररहित क्षेत्र बनाउनु रहेको छ । 

कार्यक्रममा नेप्सेम्याकका वरिष्ठ निर्देशक देवीप्रसाद आचार्य, पातञ्जल योग समितिका अध्यक्ष कपिल शाही र  वरिष्ठ  योग प्रशिक्षक विष्णु बिस्टको उपस्थिति मा सञ्चालित  यस कार्यक्रममा महानगरीय प्रहरी परिसर ललितपुर, स्थानीय विभिन्न संघ/संस्थाका प्रतिनिधि, स्थानीय टोलवासीहरू, योग साधक साधिकाहरू, साइकलयात्रीहरु र आयोजक संस्थाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

हरेक महिनाको १ गते नियमित चल्ने यो कार्यक्रम आगामी महिना पौष ०१ गते पनि अझै प्रभावकारी रूपमा सञ्चालन  गर्ने तयारी रहेको  छ।