अर्थमन्त्रीले ४ १२ को नीति हटाउने भनेपछि शेयर बजारमा हरियाली

अर्थमन्त्रीले ४ १२ को नीति हटाउने भनेपछि शेयर बजारमा हरियाली

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
चालु आवको मौद्रिक नीति मार्फत लगाइएको सेयर धितो कर्जाको ४/१२ को नीतिलाई पुनरावलोकन गर्नेुपर्ने अर्थमन्त्रीको आश्वासनपछि बुधबार सेयर बजार सूचक नेप्से ६० अंकले बढेको छ ।नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले मौद्रिक नीति सम्बन्धी गुनासाहरूको बारेमा यथोचित सम्बोधन हुनुपर्ने बताएका थिए ।

पुँजी बजारको क्षेत्रमा देखिएका विविध समस्याहरूको बारेमा आफूहरू जानकार रहेको बताउँदै त्यसलाई व्यवस्थित बनाउन लागि अर्थमन्त्रालय लागि परेको उनले बताएका थिए । यस्तै कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्षले चार महिनाभित्र पूँजी बजारका समस्याहरु समाधान गरिसक्ने बताएपछि लगानीकर्तामा थप आशाको सञ्चार भएको हो । 

जसका कारण लगातार आठ दिनसम्म नेप्से २१९ अंकले घट्दा बजार सूचक २०२० अंकसम्म झरेको थियो । वाणिजय बैंकहरु सहित सूचीकृत अधिकांश कम्पनीको सेयरमूल्य घटेर मूल्य आम्दानी २० गुणाभन्दा तल झरेपछि बजार प्रवेश गर्न चाहने लगानीकर्ताको प्रवेशले समेत बजारमा चमक छाएको हो ।

बुधबार नेप्से परिसूचक २.९८ प्रतिशत अर्थात ६०.२२ अंक बढेर २०८०.४४ विन्दुमा पुगेको छ । ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ११.२५ अंक बढेर ४००.३८ बिन्दुमा पुगेको छ । कारोबारमा आएका सबै १३ वटै उपसमूहगत सूचक बढेका छन्। जसमध्ये फाइनान्स सर्वाधिक ५.०३ प्रतिशत बढेको छ ।

नेप्सेसँगै आएको उच्च सुधारसँगै आज कारोबार रकम समेत बढेको छ । बुधबार २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता सेयर ३० हजार ६८४ पटकको कारोबारमा १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

६ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट 

नौं दिनमा कारोबार बढेसँगै बुधबार ६ वटा कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । यसदिन दिन सामुदायिक लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावर, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, तेह्रथुम पावर कम्पनी र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ९ प्रतिशतभन्दा अधिक बढेको छ । सगरमाथा इन्स्योरेन्स र रुरु जलविद्युत कम्पनीको सेयरमूल्य पनि करिब ९ प्रतिशतले बढेको छ ।

उता आजको बजारमा माउन्टेन हाइड्रो नेपालका सेयर लगानीकर्ताले सर्वाधिक ४/११ प्रतिशतका दरले गुमाएका छन् । हिमालयन बैंकको सेयरमूल्य ०.९६ प्रतिशतले घटेको छ । कारोबारमा आएका २३१ मध्ये २१८ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । ७ कम्पनीको सेयरमूल्य घटेको बजारमा ७ कम्पनीको सेयरमूल्य स्थीर रहेको छ ।

बुधबार अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५ करोड १२ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यसैगरी कुमारी बैंकको ४ करोड ९९ लाख र हिमालयन डिष्टिलरीको ४ करोड ९४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड ७४ लाख र अपि पावरको ४ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।