बैंकिङ्ग समाचार, काठमाडौं ।
लघुवित्त वित्तीय संस्थाका विरुद्धमा बनेको संघर्ष समति अवैधानिक रहेको भन्दै कानुनको दायरामा ल्याउन माग गरिएको छ । सोमबार लभुवित्त बैंकर्स संघले विज्ञप्ती जारी गर्दै यस्तो कार्यमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
संघका अध्यक्ष प्रकाशराज शर्माले विज्ञप्ति जारी गर्दै लघुवित्तको योगदानलाई नजर अन्दाज गर्दै विभिन्न गलत प्रचारबाजी गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । लघुवित्त वित्तीय संस्थाहरुले पुर्याएको योगदानलाई धक्का पुग्ने गरी गरिएको प्रचारबाजीबारे गलत भएको बताइएको छ ।
‘लघुवित्त संस्थाहरुको भूमिका र योगदानलाई नजर अन्दाज गर्दै यस क्षेत्रलाई बदनाम गर्ने र वित्तीय पहुंचमा वाधा पुर्याउने उद्देश्यले केही निहित स्वार्थ भएका व्यक्तिहरुले विभिन्न माध्यमवाट समग्र लघुवित्त वित्तीय संस्थाहरु प्रति लगाएको भ्रामक आरोपहरु प्रति लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको गम्भिर ध्यानाकर्षण भएको छ’ संघद्वारा जारी बिज्ञप्तीमा भनिएको छ । लघुवित्तहरुले नेपालको वित्तीय क्षेत्रमा ठूलो योगदान पुर्याएको संघले जनाएको छ ।
तर विभिन्न माध्यमबाहरुबाट लघुवित्तको योगदानलाई धक्का पुग्नेगरी गलत प्रचार गरेको आरोप संघले लगाएको छ । साथै बिभिन्न माध्यममार्फत गरिएको प्रचारबाजी झुठा र कपोलकल्पित घटना भएको भन्दै सम्पूर्ण आरोपहरु प्रति संघ खेद प्रकट गरेको छ । यस्ता कपोलकल्पित भनिएका घटनाहरु र लगाईएका सम्पूर्ण आरोपहरुको सत्यतथ्य पत्ता लगाउन सरोकारवाला निकायहरुसँग जोडदार माग समेत संघले गरेको छ ।
हाल देशका ७५ जिल्लाका करिव ५८ लाख सदस्याहरु लघुवित्त संस्थाहरुमा आवद्ध भई आफनो विभिन्न वित्तीय आवश्यता पुरा गरिरहेका र त्यस मध्ये करिब ३३ लाख सदस्यहरुले विभिन्न परियोजनाको लागि ऋण लिई आयमुलक व्यवसायमा संलग्न रहेका छन् ।
प्रतिक्रिया