स्वयम्भू विश्व सम्पदा क्षेत्र सरसफाई महा-अभियान सुरू


काठमाडौं – विश्व सम्पदा सूचीमा रहेको स्वयम्भु क्षेत्रको विशेष सरसफाईका लागि विभिन्न क्षेत्रमा काम गरिरहेका संघसंस्थाहरूले स्वयम्भू विश्व सम्पदा क्षेत्र सरसफाई महा–अभियान २०८१ सुरु गरेका छन्। गत भदौदेखी सुरू भएको अभियानमा विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाको सहभागिता रहेको छ ।

अहिलेसम्म सामुदायिक सेवा केन्द्र इचङ्गु, सशस्त्र प्रहरी, नेप्सेम्याक लगायत १२ भन्दा बढी संघसंस्थाको सहभागिता रहेको अभियान संयोजक देवी आचार्यले बताए । संयोजक आचार्यकाअनुसार  हरेक महिनाको ५ गते उक्त अभियान चल्नेछ भने केही समयपछि महिनामा ५ दिन अभियान चल्नेछ । आचार्यले भने, ‘हामी यो अभियानमार्फत प्रभावकारी सरसफाइ गर्नेछौं । यसले स्वयम्भूको स्वरूप नै फेरिनेछ ।’

अभियानले विभिन्न क्षेत्रमा काम गर्ने संघसंस्था तथा स्वतन्त्र व्यक्तिहरूलाई अभियानमा स्वतस्फूर्त जोडिनका लागि आग्रह गरेको छ। आगामी कार्यक्रम मङ्सिरको ५ गते हुनेछ ।