नाडेप लघुवित्तको कामु सीईओमा शिव प्रसाद आचार्य नियुक्त



काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा शिव प्रसाद आचार्य नियुक्त भएका छन्। लघुवित्तको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीले मंसिर १ गतेदेखि नै लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि आचार्यलाई कायम मुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। कामु सीईओमा नियुक्त भएका आचार्य सोही लघुवित्तमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत व्यक्ति हुन्।