कृषि क्षेत्रलाई तीन तहकै सरकारबाट व्यवस्थित गरिँदै

कृषि क्षेत्रलाई तीन तहकै सरकारबाट व्यवस्थित गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। शनिबार प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन्।  जसअनुसार कृषिलाई उत्थानशील अर्थतन्त्रको प्रमुख आधारको रूपमा विकास गर्न भू-उपयोग नीतिको कार्यान्वयन र वैज्ञानिक भूमिसुधारबाट उपलब्ध कृषियोग्य जमिनको अधिकतम उपयोग गर्ने नीति लिइएको छ।

आधुनिक, विविधता युक्त र व्यावसायिक कृषि प्रणालीबाट उत्पादन र उत्पादकत्व वृद्धि, खाद्य सुरक्षा र रोजगारी सिर्जना गर्ने कार्यक्रमहरू कार्यान्वयन भइरहेका र राष्ट्रको पुनर्संरचनाको संघ, प्रदेश तथा स्थानीय तहको एकल अधिकार तथा साझा अधिकार क्षेत्रमा कृषि समेटिएकाले कृषि प्रणालीमा रहेका कृषि तथा पशुपन्छी क्षेत्रको विकासका लागि तीनै तहबीच समन्वय, सहकार्य र सहअस्तित्वका सिद्धान्तमा कार्यक्रम सञ्चालन भइरहेको छ।

यसका लागि संघीय, प्रादेशिक र स्थानीय तहमा संरचनाहरू स्थापना भई तीनै तहबाट कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। पशुपालन क्षेत्रको समग्र विकासका लागि कृषि विकास रणनीति तथा राष्ट्रिय कृषि नीति २०६१, पन्छी पालन नीति २०६८, खर्क नीति २०६८, कृषि व्यवसाय प्रवर्द्धन नीति २०६३, कृषि जैविक विविधता नीति २०६३, एक स्वास्थ्य रणनीति २०७६, राष्ट्रिय दुग्ध विकास नीति २०७८, राष्ट्रिय पशु प्रजनन नीति २०७८, राष्ट्रिय पशु स्वास्थ्य नीति २०७८ कार्यान्वयनमा रहेका छन् ।