‘डिजिटल प्रणालिको विकास नै नबिल बैंकको मुख्य प्राथामिकता’

‘डिजिटल प्रणालिको विकास नै नबिल बैंकको मुख्य प्राथामिकता’

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परमेश्वर श्रेष्ठ, डिजिटल बैंकिङ्ग प्रमुख, नबिल बैंक 

यतीबेला बैकिङ्ग सेवा डिजिटल युगमा प्रवेश गरेको छ । विगतमा भन्दा कैयौं गुणा धेरै डिजिटल बैकिङ्ग ‘प्रोडक्ट’ र सेवाहरु बैंकिङ प्रणालीमा थपिएका छन । यसले सुविधा मात्रै थपेको छैन, बैकिङ्ग कारोबारमा समेत सहजता ल्याएको छ । डिजिटल प्रविधिमार्फत कार्य सम्पादन तथा व्यवस्थापन हुँदा कारोबारमा सहज हुनुको साथै समय र लागतको पनि बचत हुन्छ । साना तिना बैकिङ्ग सेवा त घरबाटै पनि लिन सकिन्छ ।  सजिलै घरबाटै खाता खोल्न सकिन्छ । मोवाइलबाटै घर बसी बसी विभिन्न सेवाहरुको शुल्क तिर्न सकिन्छ । बत्ती र खानेपानीको विल तिर्नकै लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यता अब छैन । सेकेण्डमैै एउटा खाताबाट अर्को खातामा रकम ट्रान्सर्फर भैहाल्छ । डिजिटल प्रणालीको विकासमा थुप्रै चुनौतीहरु पनि छन । यस्तै खाले डिजिटल बैंकिङका फाइदा, बेफाइदा र चुनौतीका चाङका विषयमा केन्द्रीत रहेर नबिल बैंकका डिजिटल बैंकिङ्ग प्रमुख परमेश्वर श्रेष्ठसँग बैंकिङ्ग समाचारका मनोज रेग्मीले गरेको कुराकानीः 

नबिल बैंकले डिजिटल बैंकिङ्गका थुप्रै सेवाहरु दिईरहेको छ । नबिलमा  डिजिटल बैंकिङ्ग प्रयोगकर्ता कति छन । उनीहरुले कस्तो–कस्तो सेवाहरु उपभोग गरिरहेका छन् ?

नबिल बैंकको मोवाईल एप प्रयोगकर्ता हेर्ने हो भने करिव ६ लाख  छन् । तर त्यसमध्येमा पनि सक्रिय ग्राहक हेर्ने हो भने करिव डेढ लाखको संख्यामा छन । नबिल बैंकको मोवाईल कारोबार हेर्ने हो भने  करिब ८० प्रतिशत ग्राहकले डिजिटल माध्यमबाट कारोबार गरिरहेका छन् । यो संख्या अझै बढि पनि हुनसक्छ ।  यसलाई पैसाको हिसाबले हेर्ने हो भने करिब १० देखि २० प्रतिशत रहेको छ । नबिल बैंक एउटा ठुलो कम्पनी भएर पनि होला, धेरैजसो कारोबार भने चेकमार्फत नै गर्ने गरेको पाईन्छ । 

नबिल बैंकले डिजिटल बैंकिङ्ग प्रोत्साहनको लागि कस्तो रणनिति बनाएको छ  ?

हामीले ‘डिजि बैंक’ को स्थापना गर्यौँ । डिजि बैंक भनेको बैंक भित्र पनि अलग्गै एउटा बैंक भन्ने बुझ्दा हुन्छ । यसलाई अझै बढ्वा दिनको लागि हरेक क्षेत्रका एक्सपर्टहरु राखेर हामी अगाडी बढ्दै छौं । नयाँ युवाहरुले अब पुरानो प्रविधिमा हिड्ने छैनन् । त्यसैले हामीले नयाँ सोच भएका व्यक्तिहरुको सुविधालाई मध्यनजर गर्दै अगाडी बढिरहेका छौं । हाम्रो पहिलो प्राथमिकता नै डिजिटल प्रणालीको विकास हो । यसको लागि बैंकको उच्च व्यवस्थापनदेखि बैंकका सदस्यहरु  सबै यसमै लागि परेका छौं । 

ग्रामिण भेगका जनताहरुलाई डिजिटल बैंकिङ्ग सेवा कसरी प्रवाह गर्ने ? 

अब युवा केन्द्रीत बैंकहरुको स्थापना जरुरी छ । यसको विकासका लागि हामीले काम थालिसकेकका छौँ । ‘डिजि बैंक’ को स्थापना पनि युवा केन्द्रीत नै छ । यो अलिक फरक पनि छ । हामीले डिजिटल प्रणाली अभयस्त नभएका मानिसहरुको लागि एक कर्मचारी जस्तो मान्छे राख्ने छौ । जुन कुनै एउटा पसल पनि हुन सक्छ । जे होस नजानेको व्यक्तिलाई सेवा दिनको लागि हामीले यस्तो खालको बिकल्पको पनि बिचार पुर्याएका छौं । अझ भनौं हामीसँग युएसएसडी प्रविधि पनि छ । यसमा फोनमा डाटा लिनको लागि निवेदन दिने जस्ता विकल्पहरु पनि समावेश गरिएको छ । यो सेवा पनि हामीले निकट भविष्यमा प्रयोग गर्ने बिचारमा छौं । 

सबैजसो बैंक तथा बित्तिय संस्थाहरुको सेवा लगभग उस्तै–उस्तै छ । त्यसो बैंकिङ्ग सेवाको लागि नबिल बैंक नै किन रोज्ने ? 

बैंकको अर्काे नाम भनेको नै विश्वास हो । ३७ बर्ष पुरा गरेर ३८ बर्षमा पुगेको नबिल बैंकसँग मानिसहरुको विश्वास जोडिएको छ ।  नबिल बैंक सुरुदेखि नै नयाँ प्रविधिलाई अंगालेर अघि बढ्ेको बैंक हो । विभिन्न किसिमका कार्डको जमाना देखि नै नयाँ प्रविधि हामीले बजारमा ल्याएका छौँ । व्यवस्थापकिय भूमिकामा अब्बल बैंकको रुपमा स्थापित नबिल बैंक सबैको पहिलो रोजाई हुन्छ भन्नेमा हामी सबैको विश्वास छ । 

नबिल बैंकको मोवाईल बैंकिङ्ग सेवाबाट भारतमा पनि पैसा तिर्न मिल्ने सुविधा पनि छ । यो कसरी सम्भव भयो ? यसको बारेमा बताइदिनुुस् न ?

अहिले भारतमा एनपिसिआई एउटा गैर–नाफा मुलक कार्य गरिरहको छ । पहिला भारतले आफ्नो देशलाई जोडेर अन्तराष्ट्रिय बजारमा विस्तारित भइरहेको छ । त्यस क्रममा  हामीलाई पनि समावेश गर्दै त्यो कम्पनी मार्फत काम गर्न भारतले सुरु गरेको छ । त्यसैले अबको केहि महिनामा हामी अझ अगाडी जान्छौं । यसमा हामी मात्र नभएर अरु बैंकहरु पनि जोडिन सक्छन् । पहिलो कुरा नै यही हो ।

यसकै माध्यमबाट नै भारतमा कारोबार गर्न सकिने भयो । त्यसको लागि ‘एनपिएएम’ को सदस्य हुनुपर्छ । भारतकै मात्र हेर्ने हो भने पनि करिब ३०० भन्दा बढि सदस्यहरु भईसकेका छन् । अमेरिका, जापान, बेलायत लगायत अन्य अन्तराष्ट्रिय स्तरमा भारत जोडिएको छ । त्यसै मध्येको हामी पनि एक हो । यसको सदस्य भएपछि क्यू.आर देखि लिएर कार्ड लगायत धेरै सेवाहरु यही च्यानल प्रयोग गरी विभिन्न प्रकारका सेवाहरु लिन सकिन्छ । यसमा भारतको नागरिक नेपाल आएको खण्डमा पनि उनीहरुले नेपालबाटै भुक्तानी गर्न सक्नेछन ।  त्यस्तै नेपाली पनि भारतमा जाँदा सोही च्यानलमार्फत भुक्तानी गर्न सक्नेछन । 

नेपालमा पनि पेपाल लगायत भारतीय डिजिटल प्रणालीहरु पनि चल्ने कुरा छ । यो कसरी सम्भव होला ?

यो कुनै ठुलो कुरा छैन । यो कार्यको लागि कसरी काम गर्ने भन्ने कुरामा देशले हस्ताक्षर गरे पुग्छ । यती भएपछि त सजिलै चलिहाल्छ । यहाँ एउटा उनीहरुले एउटा सामान्य एकाउन्ट खोलिदिने मात्रै हो । त्यो पैसा यहाँ ल्याउनु पर्याे त्यो भइसकेपछि त्यो प्रकारको टेक्नोलोजी ल्याउँनलाई कुनै समस्या हुँदैन । चाहे त्यो पेपाल होस, गुगल पेहोस जुनसुकै होस चालिहाल्छ ।  त्यसको लागि डिजिटल प्रणाली बनाउने कुरा मात्रै हो । 

\"\"
डिजिटल बैंकिङ्गको प्रयोगमा हामी कति सुरक्षित छौ ?

डिजिटल सुरक्षाको विषयमा कुरा गर्दा यसमा कुनै लिमिट नै छैन ।  लगानी र खर्च गरेर सुरक्षा बढाउन सकिन्छ । सुरक्षामा मुख्य बिषय भनेको साक्षरता नै हो । हामी जती साक्षर हुन्छौँ त्यती नै सुरक्षीत हुन्छौा । ह्याक तथा सिस्टमको खराबीले भन्दा पनि हाम्रो आफ्नै गल्तीको कारणले सुरक्षा चुनौती थपिने हो । भन्नाले कुनै ह्याकरले फोन गरेर पासवर्ड लिने, ओटिपी लगायत बैंकिङ्ग सम्बन्धी गोप्य जानकारी प्राप्त गरेको कारणले यस्तो भईरहेको छ ।

जुन व्यक्तिगत गल्ती हो । त्यसैको लागि वित्तिय ज्ञानको आवश्यक नै मुख्य कुरा हो । हाम्रो बाट सिस्टममा कुनै प्रकारको खराबी हुदैन, हामीले अडिट गरेका हुन्छौ साथै यी कुराहरु प्रकाशन पनि गरेका हुन्छौं । पासवर्ड, ओटिपी जस्ता अति संवेदनशिल कुराहरु ढुकुटिको चाबी जस्तै हो । त्यो कसैलाई दिनु हुदैन । कसैले फोन गरेर चिठ्ठा पर्याे भन्दै  ओटिपी लिने, पासवर्ड लिने लगायतका ठगी धन्दाहरु पनि भइरहेका छन । यस्तोमा हामी सबै सजग हुनुपर्दछ । 

यती धेरै साक्षरताका कार्यक्रम ल्याउँदा पनि कहिँ कतै मेरो पैसा हराईहाल्छ कि भन्ने चिन्ता छ नि ? 

पछिल्लो समय भने अलिक कम छ । यतीबेला ८० प्रतिशतले डिजिटल माध्यमबाट नै कारोबार गरिरहेको हामीले पाएका छौँ । कोभिडपछि डिजिटल माध्यमबाट कारोबार गर्नेको संख्या धेरै बढेको छ । यसले पनि मानिसहरु डिजिटल बैंकिङ्गतर्फ मानिसहरुको आकर्षण बढ्दै गइरहेको अनुमान गर्न सकिन्छ । समस्या र चुनौतीहरु त छन तर अब भने डिजिटल बैंकिङ्गमा अभ्यस्त नभई नहुने समय आएको छ । 

डिजिटल बैंकिङ्गमा समस्याहरु पनि छन् । जस्तै, कतै पैसा पठाउँदा इरर आयो, मोबाइल बैंकिङ्गमा टपअप नै भएन, पैसा बीचमै अड्कियो भन्ने खालका साना–साना व्यवहारिक समस्यालाई कसरी समाधान गर्ने योजनामा हुनुहुन्छ ? 

हामीले नगद चलाउँदा पनि नोट च्यातिने, बाटोमै पैसा हराउने समस्याहरु पनि आउँछन । डिजिटल बैंकिङ्ग  प्रयोगमा हुने समस्याहरु पनि ठ्याक्कै त्यस्तै हुन । तर यो समस्यामा बैंकको तर्फबाट मात्रै भएको हो भन्ने भ्रम हो । पैसा एक ठाउँबाट पठाउने र पाउने क्रममा ठुलो डिजिटल इको सिस्टमले काम गरेको हुन्छ । एउटा ट्रान्जेक्सन हुदाँ दुई बैंक संलग्नता हुन्छ । त्यसमा एउटा आईओस्पी नेटवर्क पनि हुन्छ । अर्थात जसले मोवाईल चलाइरहेको छ त्यसको कनेक्टीभिटीमा रकम ट्रान्सफर भर परेको हुन्छ । त्यति मात्र नभएर रकम ट्रान्सफरको बीचमा कुनै फिनटेक जोडियो भने पनि सोही इकोसिस्टममा कारोबार हुदै जाने भयो ।

त्यसैले कुनै एउटामा मात्रै केही इरर आयो वा नेटवर्कमा केही भयो भने वा टावर गयो भने पनि कारोबार हुँदैन । यस्तो कहिलेकाही हुने समस्या मात्रै हो । यसको लागि बैंकहरुले व्यवस्था गरेको कल सेन्टररुमा तुरुन्तै खबर गर्नुपर्छ ।  नबिल बैंकबाट नबिलमै कारोबार गर्दा यस्तो समस्या कमै मात्रामा आउँछ । कारोबारको समयमा केही समस्या आएको खण्डमा वा कारोबार गरे बापतको पैसा काटेमा हामीसँग डाटा हुन्छ, त्यसलाई हेरेर नै पुनः कारोबार सुचारु हुन्छ । पैसा हराउने डर भने हँुदैन । किनभने सबै हिसाब राखिएको हुन्छ । यदि सिस्टमले नै भएन भने मान्छेले पनि हेर्छ । आज कारोबार भने भोली नै बीचमा अड्किएको पैसा रिर्टन हुन्छ । 

डिजिटल बैंकिङ्गको बारेमा आम ग्राहकहरुलाई के सन्देश दिनुहुन्छ ? 

मुख्य कुरा त पैसाको डिजिटल माध्यममार्फत नै कारोबार गर्नुस भन्न चाहन्छु । नगद कारोबार गर्दा निकै झन्झट हुन्छ । डिजिटल मार्फत कारोबार गर्दा सम्पूर्ण कारोबार विवरण हेर्न मिल्छ । त्यसैले यो अत्यन्तै पारदर्शी हून्छ । त्यसैले म सबैलाई घरमै बसी बसी मोबाइलटै डिजिटल कारोबार गर्नुस भन्न चाहन्छु । 

पुरा भिडियो