चैत मसान्त सम्म अन्तिम श्रम स्विकृति लिनेको संख्या ४ लाख ६४ हजार भन्दा बढी 

चैत मसान्त सम्म अन्तिम श्रम स्विकृति लिनेको संख्या ४ लाख ६४ हजार भन्दा बढी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

चालु आर्थिक बर्ष साउन देखि चैत मसान्तसम्म ४ लाख ६४ हजार ४ सय २५ जनाले बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्विकृति लिएका छन् । साउन यता मासिक सरदर ५० हजार भन्दा बढीले श्रम स्विकृति लिएका छन् । नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको बैदेशिक रोजगार विगत ३ बर्षमा निकै घटेको थियो । वि.स २०७७ मा १ लाख ३ हजार ३५ जना र २०७६ मा ३ लाख ६८ हजार नेपाली श्रम स्विकृति लिएर बैदेशिक रोजगारीमा गएका थिए । तर पछिल्लो समय विश्वव्यापी रुपमै कोरोना महामारीको प्रभाव कम हुदै गएकाले रोजगारीको अवसर बढ्दै गएको छ । 

बैदेशिक रोजगार विभागका निर्देशक हरिराम नागिलाको अनुसार, ‘हाम्रो देशबाट सरदर बाषिक रुपमा बैदेशिक रोजगारीमा जानेको संख्या ५ देखि ६ लाख सम्म रहेको विगत चार– पाँच बर्षको बार्षिक तथ्यांकलाई बिश्लेषण गर्दा त्यो देख्न आउँछ । र यो बर्षपनि करिब ५ देखि ६ लाख सम्म बैदेशिक रोजगार जाने देखिन्छ’ । 

देश भित्रै रोजागरीको अभावमा बार्षिक ६ लाख बढी नेपालीले देश छोडछन् । तर देश भित्रै बसेर आत्मनिर्भर हुनेहरुको संख्या पनि थोरै छैन । 

विगत २० बर्ष देखि काठमाडौंको सहरमा टेम्पु चलाउदै आउनुभएको रुपा गिरी खड्काले बैंकले प्रधान गर्ने महिला उद्यमी कर्जाको लाभ उठाउदै आफैले टेम्पु खरिद गरेर स्वरोजगार बन्नु भयो । यसबाट राम्रो आम्दानी हुने भएकोले अन्यलाई पनि यस्तै कर्जाको उपयोग गरेर स्वरोजगार बन्न उहाँको सुझाव रहेको छ । 

खड्का भन्छिन्, ‘हामीले बैंंकबाट महिला उद्यमी कर्जा बापत ९ लाख ४८ हजार पाएको थियौं । हामीले सो कर्जा मेगा बैंकबाट लिएका हौं । यस पेशामा केहि नभएपनि दिनको हजार रुपैंया सम्म हुने गर्छ । यसबाट बचाउँन सक्र्यो भने पनि कम्तीमा पनि महिनाको ५० हजार सम्म बचत हुने उनले बताईन् ’ । 

वित्तिय साक्षर बारे जानकारी लिएर यस्ता धेरै कर्जाको उपयोग गर्न सकिन्छ । वित्तिय रुपमा साक्षरता हुदाँ स्वरोजगार सँगै बचत गर्ने बानीको पनि विकास हुने उनीहरुको अनुभव छ । आम्दानी, खर्च र लगानीको सामजस्यता मिलाउन सक्ने हो भने, आर्थिक संकटबाट जुध्नु पर्ने र रोजगारीका लागि देश छाड्नु पर्ने बाध्यता हट्ने उनीहरुको बुझाई छ ।