काठमाडौं – नेपाल हाइड्रो डेभलपरले सुपर खुदी हाइड्रोपावरमा शेयर लगानी गर्ने भएको छ। यो निर्णयसँग अब कम्पनीले सुपर खुदी हाइड्रोपावरमा १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता शेयरसम्म लगानी गर्नेछ।
कम्पनी सञ्चालक समितिको बैठककले सुपर खुदी हाइड्रोपावरद्वारा प्रवर्द्धित माथिल्लो खुदी जलविद्युत आयोजना २६ मे.वा.मा अधिकतम १० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।



About Us
प्रतिक्रिया