राज्यमन्त्री राई एक लाखको अक्षयकोष स्थापना


भोजपुर – कोशी प्रदेश राज्यमन्त्री सिजना राईले रु एक लाख राशिको अक्षयकोष स्थापना गरेका छन् । राज्यमन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गरेका छन् ।

आफ्नो जीवनकालमा गायक गुरुङले साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप अक्षयकोष स्थापना गरेको राज्यमन्त्री राईले बताए ।

‘गुरुङले साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएको छ’ , राज्यमन्त्री राईले भने, ‘यस्ता व्यक्तिलाई समाजले कदर गर्न अवश्यक छ ।’