श्रीलंकाली आर्थिक संकटः राजापाक्षेको भागाभाग, नौसेनामा शरण

श्रीलंकाली आर्थिक संकटः राजापाक्षेको भागाभाग, नौसेनामा शरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार देशको उत्तर–पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएका छन् । देशको सबैभन्दा खराब आर्थिक संकटलाई लिएर प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका हुन् । 

राजापाक्षे र उनको परिवारलाई हेलिकोप्टरमा नौसेनाको आधारमा लगिएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । राजधानी कोलम्बोबाट करिब २७० किलोमिटर टाढा रहेको नौसेना आधारबाहिर पनि विरोध प्रदर्शन भइरहेको जनाइएको छ ।

आर्थिक संकटलाई लिएर भएको विरोध प्रदर्शनमा पाँच जनाको मृत्यु भएपछि कर्फ्यू लागू गर्न हजारौँ सेना र प्रहरी परिचालन गरिएको छ । राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि जनआक्रोश झन् बढेको छ । 
एजेन्सी