नोभेम्बर यता ५० प्रतिशतले घट्यो बिटकोइनको मूल्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

कोइनबेस क्रिप्टोकरेन्सी एक्सचेन्जका अनुसार बिटकोइनको मूल्य सप्ताहन्तमा गिरावट जारी रहँदै यसको मूल्य ३४ हजार डलरभन्दा तल झरेको छ। बजार मूल्यको आधारमा विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीको मूल्य गत वर्ष नोभेम्बरमा आफ्नो उच्च स्तरबाट ५० प्रतिशत ले घटेको छ। हालैका दिनहरूमा विश्वभरका स्टक बजारहरु पनि ओरालो लाग्दा डिजिटल सम्पत्तिको मूल्यमा गिरावट आएको हो।

६३६ बिलियन डलर कूल मूल्यको साथ बिटक्वाइनले क्रिप्टोकरेन्सी बजारको करिब एक तिहाइ हिस्सा ओगटेको छ । विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरियमको मूल्य पनि गत हप्ता १० प्रतिशतभन्दा बढीले घटेको छ ।